समाचार

महिला जनप्रतिनिधि र उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

लेखनाथ, १९ असार । लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

असार १८ ,पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको… पुरा पढौ

पोखरामा रोजगार मेला हुँदै, जागिर दिने र खोज्नेहरु एउटै थलोमा भेटाउने लक्ष्य

पोखरा,१६ असार । यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो । यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश… पुरा पढौ

पोखरा ३२काे सार्वजनिक सुनुवाइमा वडाध्यक्ष कार्कीको दावी : वडाको मुहारमा परिर्वतन ल्यायाै

पोखरा, पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ कार्याक्रम आयोजना गरिएको हो ।कार्यक्रममा पोखरा ३२ का स्थानिय सन्तोष ढकालले बाटो निर्माणको बारेमा प्रश्न गरेका थिए । कमल थापाले पोखरा ३२ लाई पर्यटकीय हिसावले बिकास गर्न नसकेको भन्दै पर्यटकीय स्थलको निर्माणमा जोड दिएका थिए ।भरत थापाले सातमुहाने देखी गगन गौडा सम्म जोडने बाटो निर्माणमा ढिलाई भएको… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट ः छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

पोखरा १२ असार । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् । प्रतियोगिताका बिजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–बिजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई एक… पुरा पढौ

पत्रकार नेपाललाई रोटरी जर्नाे अवार्ड

पोखरा । पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नाे अवार्ड प्रदान गरिएको छ ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो ।पाल्पाको रिब्दीकोट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन् । सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम… पुरा पढौ

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा, ११ असार । गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको… पुरा पढौ

नेपाल र चिन वीच विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य हुने

पाेखरा ११ असार । नेपाल र चिन सरकार वीच पहिलोपटक विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा संयुक्तरूपमा काम गर्ने सहमति भएको छ । सहकार्य विस्तार गर्ने महत्वपूर्ण सहमति भएको छ। विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र र नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङ बीच भएको दुई पक्षिय वार्तामा सन् २०२३ को द्विपक्षीय सहकार्य सम्झौता कार्यान्वयनलाई तीव्रता दिने र नेपाली वैज्ञानिकका लागि अनुसन्धान तथा तालिमका अवसर विस्तार गर्ने विषयमा छलफल भएको छ। अब दुवै देशले कृत्रिम बुद्धिमत्ता (AI), जैविक प्रविधि, स्याटेलाइट डेटा… पुरा पढौ

लेखनाथ खानेपानीले महशुल दर घटायो, बिपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथ, १० असार । लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन एक गतेदेखि पानीको दर घटाउने र सेवा सुलभ बनाउने निर्णय गरेको छ। समितिको हालै सम्पन्न सातौँ अधिवेशनपश्चात् आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष मुरारी शर्माले यस्तो जानकारी दिए।अधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएकोमा शर्मा विजयी भएका हुन्। निर्वाचनअगावै सर्वसम्मतिको प्रयास भएको तर सफल नभएपछि निर्वाचन प्रक्रियामा जानुपरेको शर्माले बताए। उनले हारेका प्रतिस्पर्धीलाई सम्मानजनक ढङ्गले स्वीकार गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।दर एकीकरण तथा कटौतीअहिलेसम्म सहलगानी (पहाडी भुभागका) क्षेत्रका उपभोक्ताले ३७… पुरा पढौ

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा पोखराका महेश त्रिपाठी

पाेखरा ९ असार । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान… पुरा पढौ