अर्थतन्त्र

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

पोखरा । कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र… पुरा पढौ

पोखरा र बागलुङमा महिला उद्यमीबीच सहकार्र्यको प्रतिवद्धता

पोखरा,२९ साउन । पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी विकास उपसमितिबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति जुटेको हो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक बन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि महिलाहरुले ठूलो हैन,… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचेको रकम तीनवटा विद्यालयलाई सहयोग

पोखरा, २८ साउन । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग… पुरा पढौ

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा, २२ साउन । पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन् ।एक दिवशीय तालिममा कुल १४५ जना सहभागी भएका छन् ।तालिमको उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पर्यटक यातायात सेवालाई व्यवस्थित गराउनका लागि तालिम महत्वपूर्ण बन्ने बताउनुुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सवारी चालक तथा सहचालकले गर्ने… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुप बिच वातावरण र पर्यावरण संरक्षणसँगै कास्कीका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा २२, श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन ९लक्ष्मी ग्रुप० बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।… पुरा पढौ

पोखरामा मौद्रिक नीतिबारे चर्चा

पोखरा, २० साउन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सरकारले कृषिसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरेको छ ।उनका अनुसार सहुलियतपूर्ण कर्जामध्ये २२ प्रतिशत नियमविपरीतको क्षेत्रमा प्रवाह भएको छ भने त्यस्तो खाले कर्जामध्ये १६ प्रतिशत दोहोरिएको, ११ प्रतिशतमात्र लक्षित बर्गमा पुगेको र त्यसमा पनि ९ प्रतिशत दुरुपयोग भएको छ ।‘राज्यले सहुलियतपूर्ण कर्जामा अनुदान प्रदान गरेको छ, त्यो राज्यकोषबाट जान्छ र जनताले तिरेको करको… पुरा पढौ

पोखरा महानगरको नगर ऊर्जा योजना सार्वजनिक

पोखरा, २० श्रावण । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले विस २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो… पुरा पढौ

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।उनका अनुसार… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् ।उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ… पुरा पढौ