पोखरा उद्योग वाणिज्य संघको सदस्यमा भानुभक्तकाे उम्मेदवारी

-


     गण्डकी बहस     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा। पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २० र २१ गते आयोजना हुन गइरहेको ३६ औँ महाधिवेशनवाट नेतृत्व हातपार्न व्यवसायिवीच चुनावी सरगर्मि वढेकाे छ। यसै क्रममा सामाजिक तथा व्यावसायिक क्षेत्रमा क्रियाशील युवा व्यवसायी भानुभक्त अधिकारीले संघको सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गरेसँगै व्यवसायीहरुसँग अमूल्य मतका लागि अपिल गरेका छन्। निर्वाचनमा उनको क्र.सं. ‘८’ रहेको छ।
​”पारदर्शी नेतृत्व, उत्तरदायी संघ र सुरक्षित व्यवसाय” भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा उत्रिएका अधिकारीले आजका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने सक्षम नेतृत्वको आवश्यकता औँल्याएका छन्। उनले सबल व्यवसायी, समृद्ध पोखरा र हाम्रो साझा अभियानअन्तर्गत व्यवसायीको हकहितलाई नै आफ्नो पहिलो प्राथमिकता बनाएका छन्। नयाँ सोच, सक्षम नेतृत्व र समृद्ध व्यवसायको सङ्कल्पसहित एकता सम्बद्ध व्यवसायी र बलियो उद्योग वाणिज्य संघ निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको उनले बताएका छन्।
​उनीसँग विभिन्न सामाजिक, व्यावसायिक तथा सामाजिक संस्थाहरूमा काम गरेको लामो अनुभव रहेको छ।
उनी पोखरा भाँडा व्यवसायी संघका संस्थापक तथा आजीवन सदस्य, कर्मा इन्टरनेशनल इम्प्लोयमेन्ट पोखराका डाइरेक्टर, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष, तथा पोखरा महानगरपालिका सहकारी समितिका पूर्व सदस्य हुन्। यसका साथै उनी नेपाल ट्रयाक तथा ट्रान्सपोर्ट महासंघका पूर्व केन्द्रीय सदस्य, गण्डकी ट्रक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष, लायन्स क्लब अफ पोखरा डाउन टाउनका पूर्व अध्यक्षसमेत हुन ।
​नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, सामुदायिक सेवा केन्द्र कास्कीका सदस्य तथा विभिन्न बचत तथा ऋण सहकारी र सामाजिक संस्थाहरूमा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका अधिकारीले व्यवसायको संरक्षण, प्रवर्द्धन र समृद्धिका लागि आफूलाई अमूल्य मत दिई विजयी गराउन व्यवसायीहरूसँग आग्रह गरेका छन्।