कृषि

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो ।उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने… पुरा पढौ

मरेको खसी काटेर वेचविखन गर्न खोज्ने दुई जना पक्राउ

पोखरा , ३१ वैशाख । मरेको खसी काटेर वेचविखन गर्ने दुइृ जनालाई प्रहरीले पक्राउ गरी कालो बजार तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा मुद्धा दायर गरेको छ । वैशाख २९ गते दिउसो पोखरा महानगरपालिका वडा नं १४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा. लि.मा मरेको खसी काट्ेर वेचविखन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला ईच्छा मनकामना गा.पा .६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ स्थित मोडेल… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् ।अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष… पुरा पढौ

निसीखोला गाँउपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि – उपाध्यक्ष घर्तीमगर

पोखरा । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ ।नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।“वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच… पुरा पढौ

महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषकलाई नगद सहित सम्मान

पोखरा १७, आषाढ । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा… पुरा पढौ

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा हेमजामा सरसफाई

पोखरा १८ चैत । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ ।११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी… पुरा पढौ

लायन्स क्लब पेन्गुईनले गर्यो किसानलाई फलफूल तथा डाले घाँसका बिरुवा निशुल्क बितरण

पोखरा २६ असार । लायन्स क्लब अफ पोखरा पेन्गुईनले एक कार्यक्रमका वीच पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा निशुल्क उपलव्ध गराएको छ । कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस , तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कसैको ध्यान नपुगेको यस क्षेत्रमा लायन्स क्लब आएर… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

सरकारले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिने

सरकारले बाढी र डुवानबाट क्षति ब्यहोरेका किसानलाई उचित राहत दिने जनाएको छ । निरन्तरको बर्षाका कारण देशभर बाढी र पहिरोले किसानको भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति क्षति पुर्याएपछि सरकारले यस्तो निर्णय गरेको हो । बुधबार बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरि उचित राहत व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको छ । पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ