प्रवास

ईरान – अमेरिका युद्धमाा रुस र चीनले हस्तक्षेप गरे गंभिर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

काठमण्डौं ९ साउन, । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीन वा रुस इरान युद्धमा जोडिएको आफूलाई नलागेको बताएका छन्। यद्यपि, उनले चेतावनी दिँदै यदि यी दुवै देशले यस युद्धमा हस्तक्षेप गरे भने यसको गम्भीर परिणाम हुने र त्यो उनीहरूका लागि राम्रो नहुने स्पष्ट पारेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै हालै बेइजिङमा भएको आफ्नो भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनसुकै परिस्थितिमा पनि इरानलाई हतियार नदिने आश्वासन दिएको बताएका छन्। यो नियम चिनियाँ कम्पनीहरूका लागि पनि लागू हुनेछ। ट्रम्पले भनेका छन्, ‘मलाई… पुरा पढौ

अमेरिकालाई सघाउने खाडी राष्ट्रलाई ईरानले सैन्य कार्वाही गर्ने चेतावनी, अमेरिकाले गंभिर युद्ध अपराध गरेको ईरानको आरोप

पोखरा, २९ असार । युद्धविराम संझौता खुल्ला रुपमा उल्लंघन गरेको अमेरिकालाई आफ्ना विरुद्ध भूमी तथा सैन्य सहयोग गर्दै आएका खाडी मुलुकहरुलाई ईरानले प्रतक्ष निशाना वनाउने चेतावनी दिएको छ । इरानले आफूविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै राष्ट्रलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको हो । खाडी मुलुकहरुमा खडा गरिएका वेसक्याम्पहरुवाट अमेरिकाले ईरानमाथी सैन्य आक्रमण गर्दै आएको छ । ईरानको विदेश मन्त्रालयले त्यहाको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व आक्रमणकारी… पुरा पढौ

पोउवा संघका अध्यक्ष कार्की चीन प्रस्थान

पोखरा, २३ मंसिर । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोृकर्ण कार्की चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन सोमबार त्यसतर्फ लागेका छन् । अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै चीनको चुनकिङम आयोजिना हुने उद्योग वाणिज्य महासंघहरुको संगठन  एलायन्स अफ दी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज अफ दी न्यू इन्टरनेसनल ल्याण्ड–सी टे«ेड करिडर (आइएलएसटीसी) को बैठकमा भाग चीनतर्फ लागेका हुन् । आइएलएसटीसी चीनले रोड एण्ड बेल्ट परियोजनामा समेटिएका देशहरुमा रहेका उद्योग वाणिज्य संघहरुलाई समेटेर निर्माण गरेको संस्था हो ।… पुरा पढौ

अमेरिकामा तीज विशेष सांगीतिक कार्यक्रम

पोखरा ।नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार अगष्ट ३० मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो।कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू — वरिष्ठ लोकदोहोरी गायक बद्री… पुरा पढौ

ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा आक्रमण गरेको अमेरिकाको दावी

पोखरा । ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा हवाई आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ईरानको फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा सफल आक्रमण भएको उल्लेख गरेका छन् ।‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले भनेका छन् ।उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् ।… पुरा पढौ

युुरोपेली देशहरु अमेरिकाको काखे कुकुर वने – रुसी पुर्व राष्ट्रपती मेदभेदेव

पोखरा,३असार । रुसले युरोपेली देशहरुलाई अमेरिकाको काखे कुकुरको संज्ञा दिएको छ । जी ७ देशहरुको शिखर सम्मेलन चलिरहेकै वेला रुसी पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले युरोपबाट सहभागी ‘म्याक्रोन नेतृत्व’का देशहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका काखे कुकुर भन्दै युरोपेली देशहरुको कठोर आलोचना गरेका छन् । मेदभेदेवे अहिले रुसी राष्ट्रपति पुटिन अध्यक्ष भएको रुसी सुरक्षा परिषदका उपप्रमुख समेत हुन् । मेदभेदेवले रुसलाई गालि गर्ने, रुसमा थप नाकाबन्दी लगाउनेदेखि जी ८ बाट रुसलाई आउट गरेर जी ७ बनाएकोमा ट्रम्पले गालि गरेको भन्दै यूरोपेली देशहरु फ्रान्स,… पुरा पढौ

टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने

टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नरहेको बीबीसीले जनाएको छ ।रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्नेबारे आजदेखि शान्ति वार्ता शुरू हुँदै छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आह्वान गरेका थिए ।वार्ताबारे रुसले जारी गरेको वक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।यसअघि जेलेन्स्कीले रूसी राष्ट्रपतिले सहमति जनाएमा उनी वार्तामा सहभागी… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ