गण्डकी प्रज्ञा प्रतिष्ठानमा नियुक्ति विवाद: निर्णयकाे सक्कल कागजात पेस गर्न अदालतको आदेश

-


     गण्डकी बहस     
     असाेज १४ गते २०८३ मा प्रकाशित


पोखरा, १४ असोज । उच्च अदालत पोखराले गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति लगायतका पदाधिकारी नियुक्तिसम्बन्धी निर्णयको सक्कल कागजात पेस गर्न प्रदेश सरकारका नाममा वुधवार आदेश जारी गरेको छ।
​उमेश सिकेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणयुक्त परमादेश रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हाे ।
​उच्च अदालत पोखराका न्यायाधीशद्वय तेज नारायण सिंह राई र कृष्णराम कोइरालाको संयुक्त इजलासले गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति लगायतका पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिबाट मिति २०८३/०३/११ मा भएको निर्णय र सोही सिफारिसका आधारमा गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मिति २०८३/०३/२२ मा भएको निर्णयको सक्कल फाइल नै विपक्षी कार्यालयबाट पेसीको दिन पेस गर्न लगाउने आदेश दिएको हाे ।
​साथै, उक्त फाइल प्राप्त भएपछि मुद्दालाई नियमानुसार पेस गर्नसमेत आदेशमा उल्लेख छ।