
लेखनाथ, २ असोज । पोखरा महानगरपालिका–३० पावरहाउसमा पुनहिल कुरियर सर्भिसको नयाँ शाखा सञ्चालनमा आएको छ। स्वदेश तथा विदेशमा कागजात, सरसामान, उपहारलगायतका सामग्री छिटो, सुरक्षित र सहज रूपमा पठाउने उद्देश्यले शाखा विस्तार गरिएको हो।
शाखाको उद्घघाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले वर्तमान समयमा एक स्थानबाट अर्को स्थानमा सामग्री तथा कागजात छिटोछरितो रूपमा पठाउन कुरियर सेवाको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले कुरियर सेवाले सेवाग्राहीको समय र खर्च दुवै बचत गर्ने भएकाले यसको आवश्यकता बढ्दै गएको उल्लेख गरिन्।
पुनहिल कुरियर सर्भिसको नयाँ शाखा सञ्चालनमा कमलपाइजा पुन (हाल बेलायत), सुकमाया पुर्जा, संगिता पुन र स्टिभ पुर्जाको संलग्नता रहेको छ।
कार्यक्रममा ढुङ्गेपाटन पुनमगर समाजका अध्यक्ष आतुलबहादुर पुर्जा, मगर संघ कास्कीका उपाध्यक्ष क्या. भक्तपुन मगर, पोखरा महानगरपालिका मगर संघका उपाध्यक्ष लेख गर्बुजा मगर, समाजका निवर्तमान अध्यक्ष सकबहादुर अर्मजा, पूर्वअध्यक्ष प्रेम गर्बुजा, लालीगुराँस टोल आमा समूहकी अध्यक्ष चन्दा गर्बुजा, सचिव धनमाया रोक्कालगायतले कुरियर सेवाको विस्तारले स्थानीयवासीलाई सहज र प्रभावकारी सेवा उपलब्ध हुने धारणा राखेका थिए।

