खेलकुद

पोखरामा यू१६ जुनियर छात्र/छात्रा ह्याण्डबल जारी

पोखरा । पोखरामा जारी यू१६ छात्र/छात्रा तर्फका खेलहरु जारी रहेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वारा ६३ हजार प्रदान

पोखरा २२ असार । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् ।पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट ः छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

पोखरा १२ असार । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् । प्रतियोगिताका बिजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–बिजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई एक… पुरा पढौ

पोखरा विश्वविद्यालय सुपरकप फुटबल हुने

लेखनाथ, १९ जेठ । पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार तथा उपविजेता टोलीले नगद रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कलेजहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना… पुरा पढौ

पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल सुरु, पहिलो दिन ४ खेल सम्पन्न, शिशु निकेतन सहित चार टोली विजयी

खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास र ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।प्रतियोगिताको पहिलो दिन शिशु निकेतन बोर्डिङ स्कुल, शान्तिनिकुञ्ज बोर्डिङ स्कुल, बालोदय बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल विजयी भएका छन् । खेल… पुरा पढौ

१०औँ  रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा… पुरा पढौ

२६ औँ आदर्श कप फुटबल प्रतियोगिता सुरु, नेपाल प्रहरी गण्डकी सेमिफाइनलमा

कास्कीको लेखनाथमा शुक्रवारदेखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। “निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटन फस्ट च्वाइस फुड्स लिमिटेड, रुपन्देहीका प्रमुख कृष्णप्रसाद पौडेलले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदले अनुशासन, सहकार्य र भाइचाराको भावना विकास गर्ने उल्लेख गर्दै स्वदेशी उत्पादनमार्फत युवाले देशमै भविष्य बनाउन सक्छन् भन्ने सन्देश… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र… पुरा पढौ

हिमालय क्लवको साधारण सभा सम्पन्न, भलिवलका पुर्व राष्ट्रिय खेलाडी बस्नेत सम्मानित

पोखरा । भलिवल खेलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लवको २९ औं बार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष तीर्थमान तामाङ , मानार्थ सदस्य पुर्व मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत,क्लवका पुर्व अध्यक्ष… पुरा पढौ

गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत

पोखरा, । गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल टेवान ले स्वागत गरेको छ । एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवद्र्धनको लागि आयोजित बाइक टूरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ । क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली आइतबार… पुरा पढौ