पोखरा, २८ पुष/ राजकुमार गुरुङको ह्याट्रिकमा पोखराको ऐतिहासिक टुँडी खेल मैदानमा जारी ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाई खलकले लगातार दोश्रो जित दर्ता गरेको छ । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा आयोजक टिमले वालिङ भेट्रान्स स्याङजा माथी ५–० गोलले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा ह्याट्रिक…
पुरा पढौ