पोखरा २७मा कांग्रेस संस्थापन ईतर समुह सभापतिमा युवा नेता विश्वराज पौडेल निर्वाचित

-


     गण्डकी बहस     
     असाेज १६ गते २०८३ मा प्रकाशित


पोखरा। पोखरा। नेपाली कग्रेस शेरवहादुर देउवा पक्षधरकाे १५औं महाधिवेशन का सन्दर्भमा देशभर ३ हजार भन्दा वढि वडाहरुमा अधिवेशन सम्पन्न भएका छन । यसै विच विहिवार पोखरा महानगरपालिका वडा नम्बर २७ को १५औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ३५ वर्ष मुनिका युवा नेता विश्वराज पौडेल इकाई सभापतिमा सर्वसम्मत चयन गरेको छ ।
​नयाँ गठित कार्यसमितिको उपसभापतिमा युवा नेता चेतबहादुर कुमाल र सचिवमा युवा व्यवसायी सुरेन्द्र भट्टराई चयन भएका छन् ।
​यसैगरी कार्यसमिति सदस्यहरूमा मोनिका सुनार, शान्ति कुमारी आचार्य, आशिष सापकोटा, भेषराज सापकोटा, मनोज आचार्य, भानुभक्त लामिछाने, प्रेम बराल, गोपीकृष्ण तिवारी, विष्णु देवी क्षेत्री, तरुणमणि सुवेदी, लक्ष्मी कुमाल, ऋतु पौडेल, कोपिल कुमारी कुमाल, सागर लामिछाने, भुवन लामिछाने र शर्मिला कुमाल सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सचिव सुरेन्द्रनाथ शर्मा, क्षेत्रीय संयोजक विकास लामा गुरुङ, पोखरा महानगर सभापति मिलन प्रसाद तिवारी, रुपा गाउँपालिका सभापति ढकबहादुर थापा, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष अभित केसी, युवा नेता गोविन्द लामिछाने र जिल्ला सदस्य विजय घिमिरेलगायतका नेता-कार्यकर्ताहरूको सहभागीता रहेको थियो।
​नवनिर्वाचित सभापति विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युवा नेता गोपीकृष्ण तिवारीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उपस्थित नेताहरूले नयाँ युवा नेतृत्वले वडास्तरमा पार्टी संगठनलाई थप सुदृढ, सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो।