साहित्य

समीप वैरागीकाे कविता कृतिकाे परिचर्चा

पाेखरा । पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ।नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले #साहीमासा माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो। परिचर्चाका क्रममा साहीमासामा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य,… पुरा पढौ

पोखरा घर’ आजदेखि संचालनमा,पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति एउटै थलाेमा

पोखरा । पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्नध गर्ने उद्देश्यले निर्माण गरिएकाे ‘पोखरा घर’ काे आज एक समारोहबीच पाेखरा महानगर प्रमुख धनराज  आचार्य र उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गर्नुभयो ।  कुल दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको बहुउद्देश्यीय केन्द्र पोखरा घर’ निर्माणमा ६ करोड १२ लाख रुपियाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।‘पोखरा घर’मा कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको टिकट बुकिङ काउन्टर र पोखरा… पुरा पढौ

लेखनाथ जन्मस्थल विकास एवं संरक्षण समितिकाे अध्यक्षमा गाेपिराज पाैडेल

पाेखरा, ३ साउन । कवि शिराेमणी लेखनाथ जन्मस्थल  संरक्षण तथा विकास संस्था  पाेखरा २७ अर्चलेकाे आईतवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले  गाेपिराज पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।  समितिकाे उपाध्यक्षमा कृष्णमणी लामिछाने,  सचिवमा शिवमाेहन अधिकारी , सह सचिवमा  दिपेन्द्र शर्मा , काेषाध्यक्षमा विमला पहारी रहेका छन् ।समितिका  सदस्य हरुमा   राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश बराल रहेका छन् ।लेखा संयोजकमा घनश्याम लामिछाने चयन भए । साधारणसभाको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन  गर्दै  … पुरा पढौ

लोक संगितमा जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा, १ साउन । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक… पुरा पढौ

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको रु. ५ लाख सहयोग घोषणा

पोखरा १९ जेठ । नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। वि.सं. २०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔं” भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो। पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ। पोखरा… पुरा पढौ

प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न

पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको… पुरा पढौ

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

पोखरा । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा विहिवार हस्ताक्षर सम्पन्न भएकाले परियोजना सञ्चालन हुने भएको हो ।पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो… पुरा पढौ

ललितकलाकर्मिहरुको कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पदमा प्रतिनिधित्व गर्न माग

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पद सहित समावेशी प्रतिनिधित्वको ललितकलाकर्मि कलाकारहरुको माग गरेका छन् ।बि। स। २०७७ मा गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन हुँदा एक जना पनि ललितकलाकर्मीलाई समावेश नगरेर गण्डकी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरी अत्याचार गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको थियो। यो अस्वीकार्य कार्यको घोर भत्र्सना बिज्ञप्ति मार्फत गरेका छन् ।गण्डकी प्रदेश सरकारले यस गम्भीर त्रुटिलाई सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र… पुरा पढौ

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , २३ जेठ । त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ ।नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन,… पुरा पढौ

पोखरामा देवेन्द्र केसी ‘देवुु’ गजल साँझ सम्पन्न

पोखरा, १८ जेठ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ ।पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुुभएको हो ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी‘देवु’का सातवटा गजल वाचन गरिएको थियो ।मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत… पुरा पढौ