
पाेखरा, ३ साउन । कवि शिराेमणी लेखनाथ जन्मस्थल संरक्षण तथा विकास संस्था पाेखरा २७ अर्चलेकाे आईतवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले गाेपिराज पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा कृष्णमणी लामिछाने, सचिवमा शिवमाेहन अधिकारी , सह सचिवमा दिपेन्द्र शर्मा , काेषाध्यक्षमा विमला पहारी रहेका छन् ।
समितिका सदस्य हरुमा राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश बराल रहेका छन् ।लेखा संयोजकमा घनश्याम लामिछाने चयन भए ।
साधारणसभाको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गर्दै स्थानियवासिलाई त्यहाँको अपनत्व दिएर स्पष्ट कार्य याेजनाकाे साथ अगाडि वढ्नुपर्ने वताए । लेखनाथ जन्मस्थल विकासका लागि योगदान दिने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै उनले नयाँ कार्यसमितिलाई पनि आफ्नो पूर्ण साथ सहयोग रहने वताए ।
समितिका सस्थापक अध्यक्ष विश्व प्रकाश लामिछानेले जन्मस्थल अर्चलेमा कविकलाकारका लागि साहित्यिक सृजना ग्राम वनाउने, प्रदेश स्तरिय साहित्यिक अनुसन्धान केन्द्र निर्माण गर्ने, दाेपहरेमा पार्क निर्माण गर्ने लगायतका अधुरा सपना पूरा गर्न दीर्घकालीन गुरुयोजनालाई अगाडि वढाउनुपर्ने मा जाेड दिए ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जन्मस्थल विकासको अभियानमा सवैकाे सहभागित अपरिहार्य रहेकाे वताए ।
लेखनाथ उध्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गाेपिचन्द्र वास्ताेलाले समाज वदल्नका लागि तत्कालीन अवस्थामा लेखनाथ पाैडेलले आफ्ना सृजना मार्फत खेलेकाे भुमिकाकाे स्मरण गर्दै लेखनाथको जन्मभुमिकाे विकासमा आ आफ्नो ठाउवाट सवै लाग्नुपर्नेमा जाेड दिए । उनले साे क्षेत्रमा लेखनाथ उध्याेग वाणिज्य संघकाे सहयाेगमा निर्माण गरिएकाे टिकट घरले साहित्यिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साे क्षेत्रमा हालै मात्र लेखनाथ उध्याेग वाणिज्य संघकाे रु २ लाख १९ हजार आर्थिक सहयाेगमा टिकट घर निर्माण र लायनक्लव अफ कैलास चाैतारि काे 1 लाख 19 हजार आर्थिक सहयाेग मा प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएकाे छ
नेपाल रेडक्रस साेसाईटि साे लेखनाथ उपशाखाका अध्यक्ष वाेधराज लामिछानेले यस क्षेत्रकाे साहित्यिक पर्यटन विकासका लागि के कस्ता याेजना अघि सारेर समग्र विकास गर्न सकिन्छ भन्ने तर्फ सराेकारवाला सवैलाई ध्यान केन्द्रित गर्न आग्रह गरे ।
समाजसेवी तिलकशालि अधिकारीले यश क्षेत्रमा रहेका ठुलाकाेट, २२ से २४ से राजा कुलमण्डन शाहकाे दरवार रहेकाे ऐतिहासिक चित्राकाेटसम्म गएर कविले कविता लेख्ने गरेकाले कवि शिराेमणि र यी ठाउकाे नजिककाे सम्बन्ध रहेकाे स्मरण गर्दै यहाकाे विकासमा सवैले आफ्नोे दायित्व सम्झेर अगाडि वढ्नुपर्ने वताए
दिपाङताल कृषि शहकारि सस्थाका अध्यक्ष दिपाङताल कृषि शहकारि संस्थाका अध्यक्ष दिपेन्द्र शर्माले कविकाे जन्मभुमिकाे विकासमा अग्रजकाे अतुलनीय याेगदान रहेकाे वताए । उनले दिपाङताल कृषि शहकारि, लक्ष्मी आदर्श वहुमुखि क्याम्पस र कवि शिराेमणि आधारभुत विध्यालय जन्मस्थल विकास समितिकाे सस्थागत रुपमा आजिवन सदस्य रहेकाे जानकारि दिए ।
नेकपा एमालेका नेता सुर्यमणि लामिछानेले फेसवुकमा लेख्ने मनस्थितिलाई वदलेर अहिले काम गर्ने मनस्थिति वनाउन सवै युवाहरुलाई आग्रह गर्दै सवैमा सामाजिक भावना जगाउन आफुले दस हजार वरावरकाे आर्थिक सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले लेखनाथसँग सम्बन्धित समाचारहरुले सधैं प्राथमिकता पाएका र अझै कलम चलिरहने भनाइ राखे ।
रास्वपा वडा नं २७ का वडा सभापति सुनिल वरालले स्वार्थ रहित व्यक्तिले मात्र सामाजिक संघ संस्थाकाे नेतृत्व सम्हाल्न सके सवैकाे साथ र सहयाेग रहने वताए
साे अवसरमा टिकट घर निर्माण गरिदिने संस्था लेखनाथ उद्योग वाणिज्य संघ, निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछाने र लायन्स क्लब अफ कैलाश चौतारी पोखरालाई सम्मान समेत गरिएको थियो ।
संस्थाका काेषाध्यक्ष विमला पहारिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सुझाव सहित पारित गरेकाे थियाे । संस्था मा हाल १४७ जना आजिवन सदस्य रहेका छन् ।
अधिवेशन सम्पन्न गर्न लक्ष्मि आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारीकाे संयाेजकत्वमा गणेश पाैडेल र दुर्गा खनाल गरि तीन सदस्यीय निर्वाचन समिति रहेकाे थियाे ।
समिति का अध्यक्ष एवं कार्यक्रमका सभापति गाेपिराज पाैडेलले स्तरिय हल व्यवस्थापन , अतिथ गृह निर्माण , कंपाउण्ड निर्माण, कविका कृतिहरुकाे अभिलेखिकरण लगायतका भावि कार्यहरुकाे वारेमा जानकारि गराए ।
समारोहमा संस्थाका उपाध्यक्ष कृष्णमणि लामिछानेले स्वागत गर्नुभएकाे उक्त कार्यक्रममा कांग्रेसका नारायणमणि लामिछाने,साहित्यकार छवि सुवेदी , हरिराज पाैडेल , लायन्स कलव अफ कैलास चाैतारि का अध्यक्ष वावुराम पाैडेल ले कविता वाचन का साथै शुभकामना व्यक्त गरे ।
तत्कालीन अवस्थामा साविक लेखनाथ नगरपालिकाले कविशिराेमणिकाे जन्मस्थलमासमिति वनाएर शुन्य अवस्था वाट काम सुरु गरेकाे थियाे । गत माघ ८ गते जिल्ला प्रशासनकार्यालय कास्की मा विधिवत दर्ता गरि साझा संस्थाका रुपमा अगाडि वढ्दै आएको छ ।









