सूचना प्रविधि

महिला जनप्रतिनिधि र उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

लेखनाथ, १९ असार । लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण… पुरा पढौ

पोखरामा रोजगार मेला हुँदै, जागिर दिने र खोज्नेहरु एउटै थलोमा भेटाउने लक्ष्य

पोखरा,१६ असार । यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो । यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश… पुरा पढौ

नेपाल र चिन वीच विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य हुने

पाेखरा ११ असार । नेपाल र चिन सरकार वीच पहिलोपटक विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा संयुक्तरूपमा काम गर्ने सहमति भएको छ । सहकार्य विस्तार गर्ने महत्वपूर्ण सहमति भएको छ। विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र र नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङ बीच भएको दुई पक्षिय वार्तामा सन् २०२३ को द्विपक्षीय सहकार्य सम्झौता कार्यान्वयनलाई तीव्रता दिने र नेपाली वैज्ञानिकका लागि अनुसन्धान तथा तालिमका अवसर विस्तार गर्ने विषयमा छलफल भएको छ। अब दुवै देशले कृत्रिम बुद्धिमत्ता (AI), जैविक प्रविधि, स्याटेलाइट डेटा… पुरा पढौ

अनुसन्धान र प्रयोगात्मक कार्यमा विद्यार्थीलाई अग्रसर वनाउदै एसओएस गण्डकी, विद्यालयमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न

पोखरा । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कार्यमा अग्रसर गराउनका लागि पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कूल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लवको आयोजनामा विद्यालयमा हरेक वर्ष विज्ञान प्रदर्शनी हुदै आएको छ । विद्यार्थीले सूचना प्रविधिको विकाससँगै त्यसले मानव जीवनमा पारेको प्रभाव, शहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरणीय असन्तुलन, कृषिमा आधुनिकिकरण, अन्तरिक्ष, जल प्रसोधन लगायत विभिन्न यान्त्रिक उपकरणहरुको उपयोगितालाई प्रदर्शनीको विषय बनाएर आफ्ना परियोजनाहरु प्रदर्शन गरेका थिए ।… पुरा पढौ

कास्कीको लुम्ले र याङ्जाकोटमा भारी वर्षा मापन

पोखरा, ४ शाउन । मौषम पुर्वानुमान महाशाखाले गत २४ घण्टामा गण्डकी प्रदेशमा कास्कीको लुम्ले र याङजाकोटमा भारि वर्षा मापन भएको जनाएको छ ।खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।यो सँगै लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि उच्च् खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।यसैगरी तनहुँको… पुरा पढौ

ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा आक्रमण गरेको अमेरिकाको दावी

पोखरा । ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा हवाई आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ईरानको फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा सफल आक्रमण भएको उल्लेख गरेका छन् ।‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले भनेका छन् ।उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् ।… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ २२ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट… पुरा पढौ

विद्यार्थी चढेको वसमा ढुङ्गाहानी भाग्ने ३ जना पक्राउ

पोखरा, विद्यार्थी लिएर पोखरावाट काठमाण्डौ जाँदै गरेको वसमा ढुंगामुढा गने ५ जना मध्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा भ्रमण गरेर फर्कदै गर्दा बा १ प ९१६ नं को विद्यार्थी वोकेको वसलाई यही जेठ १९ गते पोखरा १४ चाउथेमा ढुगा प्रहार गरेका थिए । उक्त वस ललितपुरको वालकुमारी स्थित नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीको भएको खुलेको छ । पक्राउ पर्नेमा बसको सिसामा हानेको ढुङ्गा लागेर ५ जना विद्यार्थी सामान्य घाईते भएका थिए । चितवनको राप्ती नगरपालिका १ घर… पुरा पढौ

नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा, १८ जेठ । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्दी तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त… पुरा पढौ