सूचना प्रविधि

विद्युतीय पाश्र्वचित्र सम्बन्धि जनप्रतिनिधि, आमासमुह र टोल विकास संस्थाहरुसंग छलफल

पोखरा, २३ वैशाख । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिबार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुस ार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र महानगरनगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार पार्न लागेको बताउनुभयो । भरपर्दो र सहि तथ्याङकिय आधार नै… पुरा पढौ

गण्डकीका पहाडी भूभागमा आज चट्याङसहित वर्षाको संभावना

पोखरा २५ चैत । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र कोषी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको… पुरा पढौ

गण्डकी रत्न सम्मानवाट महावीर पुन विभूषित

पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान… पुरा पढौ

पोखराको न्यूरोडमा टेक्स्टुडियो

पोखरा, ८ माघ/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए । युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए । उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य… पुरा पढौ

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिनआइफोन १३ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालकफोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालनहुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकमट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने उदेश्यले गतवर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ । फोनपे… पुरा पढौ