स्वास्थ्य

फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वारा ६३ हजार प्रदान

पोखरा २२ असार । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् ।पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

असार १८ ,पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुप बिच वातावरण र पर्यावरण संरक्षणसँगै कास्कीका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा २२, श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन ९लक्ष्मी ग्रुप० बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।… पुरा पढौ

लागू औषध सहित २ जना पक्राउ

पोखरा,१२ साउन । प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा ७ धारापानि वस्ने नुवाकोट बिदुर नगरपालिका वडा नं।९ स्थायी घर भएका ३१ वर्षका रवि मिजार र पोखरा ७ वस्ने वर्ष २० को भुपेन्द्र बि।क। रहेका छन् ।उनिहरुको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ ।लागू औषधको कारोवारि रहेका उनिहरुलाई… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा, अस्पताललाई आत्मनिर्भर बनाईने

पोखरा, १६असार । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ।सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभयो।मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो।उहाँले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन… पुरा पढौ

शिसुवा अस्पतालको को अध्यक्षमा गिरीको मनोनयन

लेखनाथ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ ।गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो ।अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको छ ।यसैगरी मेयर… पुरा पढौ

विश्व आस्थामा दिवसमा १२८ जनाले स्वास्थ लाभ लिए

पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडल हस्पिटलको आयोजना तथा सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा छाती तथा दम रोग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य परीक्षणमा शिविरमा १२८ जनाले सुविधा लिएका छन् ।शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धि जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा. शैलेस गुरुङले दिएका थिए ।मानव शरिरको अत्यन्तै महत्वपूर्ण अंग फोक्सो भएको वताउँदै वायू प्रदुषण, धुम्रपान, मद्यपान, धुँवा धुलो तथा चिल्लो, पिरो र अमिलो धेरै मात्रामा खाँदा पनि फोक्सोमा… पुरा पढौ

खेल क्षेत्रमा लाग्न सके अस्पतालमा विरामीको स.ख्या घट्छ – मन्त्री सिंखडा

पोखरा, ३१ साउन । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सवै मानिस खेल क्षेत्रमा जोडिन सकेमा स्वस्थ भई अस्पतालमा विरामीको चााप घट्ने बताउनुभएको छ ।पोखरा शारीरिक सुगठन सङ्घको पदस्थापनलाई वुधवार सम्बोधन गर्दै मन्त्री सिंखडाले खेलकुदले स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने वताउनुभयो ।पोोखरा शारीरिक सुगठन सघबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पदक ल्याएर देशको नाम राखेको भन्दै उहाले खेलाडीहरुलाई धन्यवाद दिनुभयो । शारीरिक सुगठनमा महिलालाई समेट्नुपर्नेमा… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाब दिए ।अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भएपनि लिफ्ट… पुरा पढौ

शरीरको तौल वढ्यो ? स्लीम वन्न अपाउनुहोस यी उपायहरु

शुन्दरता मानिसको गहना हो, आँफु कसरी शुन्दर देखिने भन्ने विषय प्राय सबै केटीहरुका लागि अहिलेको मूख्य समस्या वनेको छ । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ । तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ ।आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ । तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन् । यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले… पुरा पढौ