लागू औषध सहित २ जना पक्राउ

-


     गण्डकी बहस     
     श्रावण १३ गते २०८२ मा प्रकाशित


पोखरा,१२ साउन । प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा ७ धारापानि वस्ने नुवाकोट बिदुर नगरपालिका वडा नं।९ स्थायी घर भएका ३१ वर्षका रवि मिजार र पोखरा ७ वस्ने वर्ष २० को भुपेन्द्र बि।क। रहेका छन् ।
उनिहरुको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ ।
लागू औषधको कारोवारि रहेका उनिहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा कार्वाही प्रक्रिया अगाडि वढाईएको प्रहरीले जानकारी दिएको छ ।