खेल क्षेत्रमा लाग्न सके अस्पतालमा विरामीको स.ख्या घट्छ – मन्त्री सिंखडा

-


     गण्डकी बहस     
     श्रावण ३१ गते २०८० मा प्रकाशित


पोखरा, ३१ साउन । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सवै मानिस खेल क्षेत्रमा जोडिन सकेमा स्वस्थ भई अस्पतालमा विरामीको चााप घट्ने बताउनुभएको छ ।
पोखरा शारीरिक सुगठन सङ्घको पदस्थापनलाई वुधवार सम्बोधन गर्दै मन्त्री सिंखडाले खेलकुदले स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने वताउनुभयो ।
पोोखरा शारीरिक सुगठन सघबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पदक ल्याएर देशको नाम राखेको भन्दै उहाले खेलाडीहरुलाई धन्यवाद दिनुभयो । शारीरिक सुगठनमा महिलालाई समेट्नुपर्नेमा उहाँको भनाई छ ।
पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले पोखरा शारीरिक सुगठनले खेलकुद भन्दा अन्य सामाजिक काम पनि गर्दै आएको बताउनुभयो ।
साउन २० गतेको विशेष अधिवेशनबाट पोखरा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम उदास, द्वितीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव इन्जिनियर उत्तम मान उदास, कोषाध्यक्ष पुष्प उदास चयन हुनुभयो । यसैगरी सदस्य रञ्जन बुद्वचार्य, अर्जुन गिरी, गौतम उदास, प्रेम पुन, महेश उदास र प्रवीण वैद्य हुनुहुन्छ ।
दक्षिण केरियामा सम्पन्न साउथ एसियन खेलामा तेस्रो भएका सुरेश गुरुङ र जीवन घिमिरे र मिस्टर पोखराका विजेता केशव उदासलाई सम्मान गरिएको थियो ।२१ वर्ष अघि २०५८ सालमा स्थापना भएको सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।