विद्यार्थी चढेको वसमा ढुङ्गाहानी भाग्ने ३ जना पक्राउ

-


     गण्डकी बहस     
     जेठ २२ गते २०८२ मा प्रकाशित


पोखरा, विद्यार्थी लिएर पोखरावाट काठमाण्डौ जाँदै गरेको वसमा ढुंगामुढा गने ५ जना मध्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा भ्रमण गरेर फर्कदै गर्दा बा १ प ९१६ नं को विद्यार्थी वोकेको वसलाई यही जेठ १९ गते पोखरा १४ चाउथेमा ढुगा प्रहार गरेका थिए । उक्त वस ललितपुरको वालकुमारी स्थित नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीको भएको खुलेको छ ।

पक्राउ पर्नेमा बसको सिसामा हानेको ढुङ्गा लागेर ५ जना विद्यार्थी सामान्य घाईते भएका थिए । चितवनको राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्दै आएका ४८ वर्षिया तिलक बहादुर थापामगर र वारा जिल्लाको कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्दैआएका ३० वर्षका मान प्रसाद खरेल रहेका छन् ।

उनीहरुलाई सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुद्धा दाहेरगरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । ।