
पाेखरा ११ असार । नेपाल र चिन सरकार वीच पहिलोपटक विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा संयुक्तरूपमा काम गर्ने सहमति भएको छ । सहकार्य विस्तार गर्ने महत्वपूर्ण सहमति भएको छ।
विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र र नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङ बीच भएको दुई पक्षिय वार्तामा सन् २०२३ को द्विपक्षीय सहकार्य सम्झौता कार्यान्वयनलाई तीव्रता दिने र नेपाली वैज्ञानिकका लागि अनुसन्धान तथा तालिमका अवसर विस्तार गर्ने विषयमा छलफल भएको छ।
अब दुवै देशले कृत्रिम बुद्धिमत्ता (AI), जैविक प्रविधि, स्याटेलाइट डेटा साझेदारी, जलवायु अनुसन्धान र नेपालमा नवप्रवर्तन केन्द्र स्थापना जस्ता क्षेत्रमा संयुक्त रूपमा काम गर्नेछन्।







