
पाेखरा । पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers’ Society को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ।नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले #साहीमासा माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो।
परिचर्चाका क्रममा साहीमासामा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका विविध अनुभूतिका विषयमा गहन बौद्धिक अन्तरसंवाद भयो। कार्यपत्र प्रस्तुति, लेखकको धारणा तथा सहभागी पाठकहरूका जिज्ञासा, टिप्पणी र प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण र जीवन्त बनाएको थियो। यसले साहीमासालाई केवल कविताको कृतिका रूपमा मात्र नभई समुदाय, संस्कृति, प्रेम र जीवनका बहुआयामिक अनुभूतिको अभिव्यक्तिका रूपमा बुझ्ने अवसरसमेत प्रदान गर्यो।
ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित यस शृङ्खलालाई सफल बनाउन आफ्नो अमूल्य समय, विचार र सहभागिता प्रदान गर्नुहुने लेखक बिन्दा पाण्डे, अवधारणा–पत्रमार्फत कार्यक्रमलाई सार्थक बनाउन योगदान गर्नुहुने स्ट्रगल राना, आफ्ना जिज्ञासा, टिप्पणी र विमर्शमार्फत कार्यक्रमलाई जीवन्त बनाउनुहुने सम्पूर्ण सहभागीहरू तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैप्रति Random Readers’ Society हार्दिक आभार व्यक्त गर्दछ। पठनलाई संवादसँग, संवादलाई विचारसँग र विचारलाई समाजसँग जोड्ने यो साहित्यिक यात्राले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वासका साथ यस्तै सार्थक साहित्यिक तथा बौद्धिक यात्रामा यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ।
-र्यान्डम रिडर्स









