खेलकुद

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

भारतको पहिलो जित, अफगानिस्तान पराजित

उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ