खेलकुद

पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ लिगचरणका खेल जारी

पोखरा, मंसिर ११ । पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट छन्त्याल समाजमा आज भएको पुरुषतर्फको पहिलो खेलमा ठकुरी समाज तनहुँले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।ठकुरी समाजले पोखरा भलिबल प्रशिक्षणलाई २५–१७, २५–२२ र २५–२२ ले पराजित ग¥यो । दोस्रो खेलमा एपिएफ पोखराले गुराँसे भुमे युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ मा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ ।मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा हाल ७४ जना… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचेको रकम तीनवटा विद्यालयलाई सहयोग

पोखरा, २८ साउन । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग… पुरा पढौ

पोखरामा आमा समूह तथा छात्र छात्रा दौड सम्पन्न

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच… पुरा पढौ

लामा अमृत फाउण्डेशनले घान्द्रुकको जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखरा, साउन ९ ः लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् ।शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, ३ असार । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

पोखरा । शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र… पुरा पढौ

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा २८, जेठ । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् ।पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

पोखरा, ७ जेठ । पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर… पुरा पढौ

गण्डकी प्रदेश यु–१६ छनौंट क्रिकेट प्रतियोगिता शुरु ः कास्कीको विजयी शुरुवात

पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा यु–१६ गण्डकी प्रदेश छनौंट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ ।टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकि छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको व्याटिङमा प्लेयर अफ द म्याच समेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे ।… पुरा पढौ