खेलकुद

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई
पोखरा, ७ फागुन/ १६ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा म्याराथन
पोखरा, २२ माघ/ पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो… पुरा पढौ

मनाङलाई हराउँदै एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ/ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत फ्रांकलिन कुटे… पुरा पढौ

आहा रारा गोल्डकपमा आर्मी टाइब्रेकमा हराउदै मनाङमस्र्याङ्दी फाइनलमा

पोखरा, १३ माघ/ त्रिभुवन आर्मी क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल प्रबेश गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । मनाङले निर्धारित समयमै पाएको पेनाल्टीलाई गुमाउँदा निर्णय पेनाल्टी सुटआउटसम्म धकेलिएको थियो । निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले राम्रा अवसर… पुरा पढौ

मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ आहा राराको फाइनलमा

पोखरा, १२ माघ/ सहित स्मारक ए डिभिजन लिगको शिर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई हराउदै एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रंगशालामा बुधबार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे भने मछिन्द्रका ओमोलाजा नुरेन करिमले एक गोल गरे । २५… पुरा पढौ

थ्रीस्टारलाई हराउदै आर्मी आहा राराको सेमिफाईनल प्रवेश

पोखरा, ११ माघ/ २० औं संस्करणको आहा रारा गोल्डकपमा रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मीे सेमिफाईनल प्रवेश गरेको छ । टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए ।आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे । सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी… पुरा पढौ

आहाराराः संकटालाई हराउदैै मछिन्द्र सेमिफाइनलमा

पोखरा, १० माघ/ साविक विजेता संकटा क्लबमाथि हराउदै मछिन्द्र फुटबल क्लब २० औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै एपिएफ सगँको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए । १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । अभियान प्रधानले जय गुरुङबाट… पुरा पढौ

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने
पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लबले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । २० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।… पुरा पढौ

टाइगर कप भलिबलको उपाधि आर्मी र एपीएफलाई

पोखरा, १ माघ/ दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल… पुरा पढौ

Sukra wins Surya Nepal Central Open

KATHMANDU, 14 January: Sukra Bahadur Rai won the Surya Nepal Central Open, the third event of Surya Nepal Golf Tour 2021-22, at the par-72 Gokarna Golf Club on Friday. Sukra carded one-over 73 for the 72-hole total score of 10-under 278 to register one-shot victory over Rabi Khadka. Rabi carded four-under 68 for the total score of nine-under 279.  Bhuwan Nagarkoti finished third in the tournament after scoring even-par 72 on the final day for a total of six-under 282.… पुरा पढौ