पोखरा , ३१ वैशाख । मरेको खसी काटेर वेचविखन गर्ने दुइृ जनालाई प्रहरीले पक्राउ गरी कालो बजार तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा मुद्धा दायर गरेको छ । वैशाख २९ गते दिउसो पोखरा महानगरपालिका वडा नं १४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा. लि.मा मरेको खसी काट्ेर वेचविखन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला ईच्छा मनकामना गा.पा .६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ स्थित मोडेल सप्लायर्समा काम गर्ने वर्ष ३८ को मिलन गुरुङ, र लम्जुङ क्वोलासोथर गा.पा. ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने वर्ष ३२ को राम गुरुङ रहेको प्रहरीले जनाएको छ ।
स्थानियले दिएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले मरेको खसिहरुलाई ड्रेसिङ गरिरहेको तथा विक्री बितरण गर्ने तयारीमा रहेको भेटेपछि त्यहावाट ५४ किलो खसिको मासू समेत वरामद गरेको छ । उनहिरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।







