लायन्स क्लब पेन्गुईनले गर्यो किसानलाई फलफूल तथा डाले घाँसका बिरुवा निशुल्क बितरण

-


     गण्डकी बहस     
     असार २६ गते २०७९ मा प्रकाशित


पोखरा २६ असार । लायन्स क्लब अफ पोखरा पेन्गुईनले एक कार्यक्रमका वीच पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा निशुल्क उपलव्ध गराएको छ । कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस , तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कसैको ध्यान नपुगेको यस क्षेत्रमा लायन्स क्लब आएर सहयोग गरेकोमा खुसी व्यक्त गरे ।
किसानलाई विरुवा वितरण गर्दै बन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक रामकाजी श्रेष्ठले डालेघास कृषकहरुका लागी मात्र नभएर पर्यावरणका लागि समेत महत्वपूर्ण हुने बताए । कृषकहरुले बस्तुभाउ पाल्न र फलफूलका बिरुवाहरुबाट आय आर्जनको माध्यम बनाउन पनि सजिलो हुने भन्दै निर्देशक श्रेष्ठले उक्त कार्यको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालकी रिजन चियर पर्सन (रिजन ४) ला. हिरा भण्डारीले वाताबरण संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्ने बताइन ।
कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपाल जोन ८ का जोन चियर पर्सन ला. पदमलाल श्रेष्ठ, बन बिज्ञान बिद्यार्थी तथा एक्यापकी पूर्व कर्मचारी अस्मीता न्यौपाने, पेन्गुईनका चाटर्ड प्रेसिडेण्ट ला. सितल श्रेष्ठ, इमिडियट पास्ट प्रेसिडेण्ड ला. ज्ञान बहादुर राना, प्रथम उपाध्यक्ष ला.डण्डीराज त्रिपाठी, ला. बिकास नेपाली लगायको उपस्थिती रहेको थियो । क्लबका सचिव ला.सुबास अम्गाईको संचालनमा गर्नुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष ला. दिपक भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष भण्डारीले सहर भन्दा केही बाहिर आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।