अर्थतन्त्र

पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

बिक्री भइसकेका गाडीको ब्याट्री वारेन्टी विस्तारको घोषणा पोखरा । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा… पुरा पढौ

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

जेठ १८ पोखराजिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकार लाइ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।  पौडेलका अनुसार आगामी आर्थिक बर्षको बजेटमा  योजना पुरा गर्न… पुरा पढौ

कास्कीमा असार एक गतेदेखि तिन महिना  नदि तथा खानीजन्य सामाग्री उत्खननमा रोक

पोखरा ,जेठ ७ । कास्कीमा असार एक गते बाट  नदि तथाखानी जन्य सामाग्री उत्खननमा रोक लगाइएको छ । ढुंगा ,गीटी,बालुवा उत्खनन्,बिक्रि तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७को दफा ९ बमोजिम गठन भएको जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बुधबार सम्पन्न बैठकले मापदण्ड बमोजिम असार ,साउन र भदौ तिन महिना उत्खनन् गर्ने नपाइने ब्यबस्था बमोजिम सो निर्णय गरिएको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका  प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका… पुरा पढौ

लक्ष्य हाँसिल गर्दै सकियो १४ औं पोखरा महोत्सव

पोखरा । १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे ।समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी वढाइरहेको बताए । त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका… पुरा पढौ

१४ औं पोखरा महोत्सव सुरु

पोखरा । पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा… पुरा पढौ

पोखरा महोत्सवको तयारी पुरा

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा… पुरा पढौ

सक्षम वचत तथा ऋण शहकारीको १७ औं सााधारणसभा सम्पन्न

पोखरा २७ पुस । सक्षम वचत तथा ऋण शहकारी सस्थाको १७ अ‍ौं वार्षिक साधारणसभा आईतवार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि शिक्षाबिद्ध तारावहादुर घिमिरेले पछिल्लो समयमा विभिन्न शहकारीमा देखिदै आएका विविध जटिलतालाई संचालक समिति , शहकारि सदस्य र नियमनकारी निकाय सवैको सक्रिय सहभागीताले मात्र शहकारीका जटिलता लाई चिर्दै संस्थालाई अगाडि वढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमको अध्यक्षता गर्नुभएका सस्थाका अध्यक्ष अर्जुन नागिलाले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुल चुक्ता पुँजी… पुरा पढौ

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल 

पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।  एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।  बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पौडेल त्रिलोकेश्वर… पुरा पढौ

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुुुुस । पुसको जाडोेको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  ।मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो ।महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव… पुरा पढौ

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

लेखनाथ, १ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका… पुरा पढौ