अर्थतन्त्र

मादीको भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नं. १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ ।मादी गाउँपालिकाको सहयोग र मादी गाउँपालिका वडा नं १२ को समन्वयमा श्री भगवती बहुउद्देश्यीय सिकाई केन्द्रको आयोजनामा संस्थाको भवन भगवतीटारमा प्रदान गरिएको तालिममा सिस्नोको साथै मेवा, तितेपाती, ध्यू कुमारी, लगाएतका जडिबुटि जन्य सामाग्री प्रयोग गरी साबुन वनाउन सिकाईएको थियो ।तालिम समापन कार्यक्रममा बोल्दै मादी गाउँपालिका… पुरा पढौ

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।महोत्सवको… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको अधिवेसनमा राजेन्द्र ओझा वरिष्ठ उपाध्यक्षमा भिड्ने

पोखरा, १७ साउन । आगामी भदौं २२ र २३ गते हुन गईरहेको लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशन नजिकिदै जादा चुनावी सरगर्मी वढीरहेको छ । व्यवसायीहरु आ आप्नो उम्मेदवारी सार्वजनीक गरिरहेका छन् । अहिलेकोसंघको १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले सामाजीक योगदान गर्नकै लागी आँफूले उमेदवारी घोषणा गरेको वताए । संघमा सदस्य, कोषाध्यक्ष, दित्तिय उपाध्यक्ष, हँुदै प्रथम उपाध्यक्ष भएका उनले हाल वरिष्ठ उपाध्यक्षका लागी… पुरा पढौ

निसीखोला गाँउपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि – उपाध्यक्ष घर्तीमगर

पोखरा । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ ।नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।“वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच… पुरा पढौ

महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषकलाई नगद सहित सम्मान

पोखरा १७, आषाढ । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा… पुरा पढौ

लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङमा प्रकाश सपुतको प्रस्तुती रहने

पोखरा ९ जेठ । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ ।होटल टास्कको तीनवटै आउटलेटबाट ःच्ए (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए ।“सबैको लागि लेकाली, संधैको लागि लेकाली”… पुरा पढौ

व्यवसायी पलायन भएकोप्रति पोउवा संघको ध्यानाकर्षण, घरभाडामा छुट दिन आग्रह

पोखरा,२१ वैशाख । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि… पुरा पढौ

पोखराको बजारमा बेन्को एस.वान.मोबाइल

पोखरा ६, वैशाख । पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस.वान. भित्रिएको छ । पोखराका लागि आधिकारीक बिक्रेताको रुपमा रहेको एम.टि.एस. टे«डर्सले पोखरा बजारमा उक्त मोबाइल भित्राएको हो ।हाल बजारमा दुई प्रकारका बेन्को एस.वान.मोबाइल उपलब्ध भएको एम.टि.एस. टे«डर्सका प्रोपाइटर एवं युवा व्यवसायी तारानाथ आचार्यले बताए । ४ जिबी ¥याम १२८ जिबी जसको बजार मुल्य १३ हजार ९ सय ९९ रहेको छ भने ६ जिबी ¥याम १२८ जिबी स्टोरेजमा रहेको मोबाइलको मुल्य भने १५ हजार ९ सय ९९ रहेको उनले जनाए ।… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २२ चैत । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ ।नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको… पुरा पढौ