अर्थतन्त्र

फरार ८ सय ४ प्रतिवादी पक्राउ, उनीहरुवाट १० करोड १२ लाख रुपया जरिवाना असुल गरिने

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मितिमा फरार रहेका ८ सय ४ जना फरार प्रतिवादीहरुलाई आर्थिक वर्ष २०८१÷ २०८२को एक वर्षे अवधिमा पक्राउ गर्न सफल भएको छ ।सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६सय ४ जना पुरुष र दुई सय जना महिला गरी ८०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा वुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुवाट ६१ वर्ष २ महिना १५ दिन… पुरा पढौ

पटनाबाट इन्डो नेपाल मनसुन कारका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो ।पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका… पुरा पढौ

बजेट निर्माणमा आफ्नो पालिकामा अस्वभाविक वजेट पारेको अभियोगमा अर्थ सचिव पाण्डे जगेडामा सरुवा

पोखरा, १६ असार । मन्त्री, सांसद भन्दा कर्मचारी हावी भएको भन्दै सांसदहरुले प्रदेश सभामा आपत्ति जनाएपछि गण्डकीमा एक कर्मचारी कार्वाहीमा परेका छन् ।मन्त्रालयको सिफारिस विनानै वजेट निर्माणका क्रममा आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले योजना समावेस गरेको र नीतिगत प्रक्रिया उल्ल्ंघन गरेको आरोप लगाउदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थ सचिव पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी वाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालय अन्तर्गत जगेडामा सरुवा गरेका छन् ।तनहुँको भानु नगरपालिका घर भएका अर्थ सचिव पाण्डेले आफ्नै पालिका र… पुरा पढौ

साविक लेखनाथको विकासका लागि लेखनाथ पत्रकार मञ्चले थाल्यो विकास वहस

पोखरा, २३ जेठ । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौतिर सम्भावनावारे बोलेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो ।उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने… पुरा पढौ

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

पोखरा, ८ जेठ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवद्र्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, ७ जेठ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ ।टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

जेनेसिस भिल्ला उद्घाटन समारोहमै दुई भिल्ला बुकिङ

पोखरा, ४, जेठ । जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो ।परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले… पुरा पढौ

नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

पोखरा । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड… पुरा पढौ