अर्थतन्त्र

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।उनका अनुसार… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन

पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् ।उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ… पुरा पढौ

मलेसियाली ईभी प्रोटोनको सोरुम पोखरामा

पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी… पुरा पढौ

अमेरिकी डलर र युराेकाे अबैध काराेवार गर्ने तीन जना पक्राउ

पोखरा, ११ साउन । पोखरामा वसेर अमेरिकी डलर र युरोको अवैध कारोबार संचालन गर्दै आएका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ घर भई हाल पोखरा ६ लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई पोखरामा रेष्टुरेण्ट व्यवसाय चलाउदै आएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।निज अभियुक्तको साथवाट प्रहरीले १९ हजार ६००… पुरा पढौ

पौवै खोलामा मोटरेबल पुल

पोखरा, १० साउनस्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । ०८२ साउन ६ भित्र निर्माण… पुरा पढौ

फरार ८ सय ४ प्रतिवादी पक्राउ, उनीहरुवाट १० करोड १२ लाख रुपया जरिवाना असुल गरिने

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मितिमा फरार रहेका ८ सय ४ जना फरार प्रतिवादीहरुलाई आर्थिक वर्ष २०८१÷ २०८२को एक वर्षे अवधिमा पक्राउ गर्न सफल भएको छ ।सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६सय ४ जना पुरुष र दुई सय जना महिला गरी ८०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा वुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुवाट ६१ वर्ष २ महिना १५ दिन… पुरा पढौ

पटनाबाट इन्डो नेपाल मनसुन कारका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो ।पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका… पुरा पढौ

बजेट निर्माणमा आफ्नो पालिकामा अस्वभाविक वजेट पारेको अभियोगमा अर्थ सचिव पाण्डे जगेडामा सरुवा

पोखरा, १६ असार । मन्त्री, सांसद भन्दा कर्मचारी हावी भएको भन्दै सांसदहरुले प्रदेश सभामा आपत्ति जनाएपछि गण्डकीमा एक कर्मचारी कार्वाहीमा परेका छन् ।मन्त्रालयको सिफारिस विनानै वजेट निर्माणका क्रममा आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले योजना समावेस गरेको र नीतिगत प्रक्रिया उल्ल्ंघन गरेको आरोप लगाउदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थ सचिव पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी वाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालय अन्तर्गत जगेडामा सरुवा गरेका छन् ।तनहुँको भानु नगरपालिका घर भएका अर्थ सचिव पाण्डेले आफ्नै पालिका र… पुरा पढौ

साविक लेखनाथको विकासका लागि लेखनाथ पत्रकार मञ्चले थाल्यो विकास वहस

पोखरा, २३ जेठ । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौतिर सम्भावनावारे बोलेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल… पुरा पढौ