
पोखरा २७ पुस । सक्षम वचत तथा ऋण शहकारी सस्थाको १७ अौं वार्षिक साधारणसभा आईतवार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि शिक्षाबिद्ध तारावहादुर घिमिरेले पछिल्लो समयमा विभिन्न शहकारीमा देखिदै आएका विविध जटिलतालाई संचालक समिति , शहकारि सदस्य र नियमनकारी निकाय सवैको सक्रिय सहभागीताले मात्र शहकारीका जटिलता लाई चिर्दै संस्थालाई अगाडि वढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका सस्थाका अध्यक्ष अर्जुन नागिलाले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुल चुक्ता पुँजी २ करोड १७ लाख १८ हजार नौ सय रुपया र निक्षेप तर्फ यस वर्ष ५ करोड २९ लाख ६० हजार ६५२ रुपया रहेको वताउनुभयो । सस्थालाई थप व्यवस्थीत गर्न सिस्टम प्रणालीवाट मात्रै कारोवार गर्दै आएको वताउदै अध्यक्ष नागिलाले चालु आर्थीक वर्षमा मात्र ५ करोड ४१ लाख ६६ हजार ६२३ रुपया ऋण लगानी गरेको जानकारी दिनुभयो ।
संस्थाका कानुनी सल्लाहकार शुकदेव गौतमले केही शहकारी संस्थाले गलत काम गर्दा सवै शहकारी खराव हुन भन्ने भाष्य निर्माण गर्न खोजीएको भन्दै शहकारीहरुको खस्कदो अवस्था प्रति चिन्ता व्यक्त गर्नुभयो ।
शहकारी जेष्ठ सदस्य सम्मानवाट सम्मानित व्यक्तित्व कृष्णप्रसाद पराजुलीले सवै सदस्हरुलाइ आफ्नै शहकारीवाट आर्थिक कारोवार गर्न आग्रह गर्नुभयो ।
सस्थाका नि वर्तमान अध्यक्ष विश्वामित्र सुवेदीले व्यवसायीक वातावरणको अभावमा ऋण लिएका व्यवसायीहरुनै विदेश पलायन हुँदा शहकारीमा समस्या आउने गरेको वताउनुभयो ।
सो अवसरमा संस्थाका साधारण सदस्य कृष्णप्रसाद पराजुली लाई जेष्ठ शहकारी सदस्य सम्मान , लाल वहादुर मगरलाई असल ऋणी तथा कारोवारी सम्मान, जुक्ति प्रसाद अर्याललाई असल वचतकर्ता वाट सम्मान गरिएको थियो । सस्थाले यष वर्ष शेयर सदस्यका छोराछोरी मध्यवाट कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने स्मृती तिवारी, एलिना नागिला, आदित्य सापकोटा, स्वस्तीका अधिकारी, प्रतिक यादव, कुवीजा भट्टराई, विराज सापकोटा, सुयोग गौतम, प्रिष्का कँडेल, आयुष ढुंगाना गरी ११ जना विद्यार्थीलाई सक्षम शहकारी शैक्षिक पुरस्कारवाट सम्मान गरिएको थियो ।
सक्षम शहकारमिा अहिले दुई सय पचास जना शेयर सदस्य रहेका छन् । सस्थाका कोषाध्यक्ष चित्रवहादुर श्रेष्ठले तयार पार्नु भएको कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रामजी थापाले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन र अध्यक्षको प्रतिवेदन माथी वन्दसत्रमा शेयर सदस्यहरुले राखेको जिज्ञासालाई अध्यक्ष नागिलाले प्रस्ट पार्नु भएको थियो । तत्पश्चात सवै प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएका थिए ।
संस्थाका सचिव केशव गिरीले संचालन गर्नुभएको उक्त कार्यक्रममा शेयर सदस्यका तर्फवाट शशीधर पराजुली लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष विष्णुदेवी पराजुलीले स्वागत गर्नुभएको कार्यसमिति सदस्य भरत नागिलाले जानकारी दिनुभयो ।







