समाचार

राष्ट्रिय मानव अधिकार आयोग नै देशको वद्नाम गराउन सक्रिय रहेको छ – एमाले अध्यक्ष ओली

फागुन २३ पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानीक आयोगका रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोग नै देशको वद्नाम गराउन सक्रिय रहेको वताएका छन् । एमाले निकट राष्ट्रिय माानव अधिकार तथा सामाजिक न्यायमञ्च नेपाल ( मानवअधिकार एलायन्स) को पाँचौ राष्ट्रिय महाधिवेशनको सोमवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार रहेका वेला जेनेभामा भएको मानव अधिकार सम्मेलनमा दक्षीणपन्थी अवसरवादलाई सहयोग पुग्नेगरी यथार्थ भन्दा वाहिर गएर आयोगले सरकारका विरुद्धमा वोलेको वताए । ‘सवैभन्दा वलीयो राज्य हुन्छ,… पुरा पढौ

दमौलीमा ठुलो आगलागि, आगोनिभाउन काठमाडौंबाट हेलिकप्टर, पोखराबाट दमकल

पोखरा, २२ फागुन/ दमौली बजारस्थित र्भाेलेटार चोकको पसलमा भीषण आगलागी भएको छ । ब्यास नगरपालिका ४ स्थित र्भाेलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । अन्य दुई घरमा पनि आगो सरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ । अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । आगो नियन्त्रणका लागि दमौलीमा रहेको एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ । स्थानीय… पुरा पढौ

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अधिवेशनमा १७ जना सम्मानीत

पोखरा, १९फागुन ।प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आफ्नो पहिलो अधिवेशनमा १७ जना अग्रजलाई सम्मान गरेको छ । यसरी सम्मानति हुनेमा गण्डकी प्रदेशका ११ जिल्लाका संस्थापक अध्यक्ष एवं पदाधिकारी र पुर्व तथा वर्तमान केन्द्रिय पदाधिकारी रहेका छन् ।वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका… पुरा पढौ

महाशिवरात्रि पर्व देशभर धूमधामका साथ मनाईदै

फागुन १७ पोखरा । महाशिवरात्रि पर्व आज देशभर धुमधामका साथ मनाईएको छ । राष्ट्रिय सांस्कृतिक पर्वको रुपमा रहेको आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नानगरी शिवालयमा गई श्रद्धा भक्तिपुर्वक पुजा आराधाना गर्ने गर्दछन । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको शिवरात्रि पर्वमा आराध्यदेव भगवान शिवको पूजा आरधाना गर्नाले वर्तमानमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मीक मान्यता रहि आएको छ । श्रद्धालु भक्तजनले दिनभर शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको… पुरा पढौ

मुख्यमन्त्री–बेलायती राजदूत भेट, दीगो विकास र पर्यटन प्रवद्र्धनमा जोड

पोखरा, १० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै उहाँहरुबीच सोमबार भेट भएको हो । संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले २ देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गरे । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता… पुरा पढौ

पोखरामा भिषण असिनापानी, मुख्य बजारमा यातायात ठप्प (भिडियो सहित)

पोखरा, ८ फागुन/ पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक केहिवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए ।पोखरामा बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आकलन गरीएको थिएन । असिनाले जनजीवन साथै व्यापार व्यसाय प्रभावित परेको… पुरा पढौ

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई
पोखरा, ७ फागुन/ १६ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

गण्डकी प्रदेश स्थापनाको अवसरमा बुधबार (भोलि) सार्वजनिक बिदा

पोखरा, ४ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसर पारेर गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने सुचना प्रकाशन गरेको छ । मंगलबार बसेको गण्डकी प्रदेशका मन्त्री परिषद्को बैठकले विदा दिने निर्णय गरेको हो । ‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको आन्तिरी मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए ।… पुरा पढौ

एसईई परीक्षाको बैशाख ९ गते देखी (तालिका सहित)

पोखरा, २७ माघ/ २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते देखी हुनेभएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित, १२ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य विज्ञान परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने… पुरा पढौ