दुर्गा खनाल । काठमाण्डौ ५ जेठ । संघिय सरकारले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागी आफ्नो नीति तथा कार्यक्रम आज शुक्रवार सार्वजनिक गर्देछ । संघीय संसदको दुवै सदनको आज वस्न लागेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागी आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनु पुर्व सरकारले राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस अघिका सार्वजनिक कार्यक्रमहरुमा यसपटकको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउदै आएका छन् ।