पोखरा, २७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जनतालाई प्रतक्ष अनुभूती हुनेगरी पुर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक दायित्व पुरागर्ने तर्फ आँफु अग्रसर रहेको वताएका छन् ।
नेपाली कांग्रेस कास्कीले आयोजना गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुलाई वधाई तथा शुभकामना कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पाँण्डेले प्रदेश सरकारले अनुदान पुर्वाधार निर्माणका लागी नभएर उत्पादनसँग जोडेर अनुदानका कार्यक्रम संचालन गर्ने वताए । गण्डकी प्रदेश सरकार यतीवेला आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागी नीति तथा कार्यक्रम र वजेट वनाउने गृहकार्यमा जुटेको छ ।
सीमित साधन स्रोतको अधिकतम उपयोग गर्दै जनचाहना पुरा गर्ने तर्फ प्रदेश सरकारको ध्यानकेन्द्रीत भएको भन्दै मुख्यमन्त्री पाँण्डेले युवाको ध्यान आकर्षीत गर्न कृषि, उद्योग, शिक्षा, स्वास्थ्य सिंचाई लगाएतका जनता प्रतक्ष लाभान्वीत हुने कार्यक्रम संचालन गर्ने वताए ।
नेकपा माओवादी संसदीय दलका नेता हरिवहादुर चुमानले नीति कार्यक्रमले जे कुरा समावेस हुन्छ त्यसलाई संवोधन गर्नेगरी वजेट ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित मन्त्रीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा भएको थियो ।