समाचार

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

पोखरा, २२ वैशाख । पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहुँदै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गर्नुभयो । पोखरा बारे चासो राख्ने, अध्ययन,… पुरा पढौ

माछापुच्छ्रे माओवादी केन्द्रको चुनावी अभियान ः सेवा लिन कार्यालय पुग्दा अहिलेजस्तो अपमानित हुनु पर्दैन ः उम्मेदवार अधिकारी

पोखरा,२१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने… पुरा पढौ

जनताको अवस्था बदल्न माओवादीलाई भोट दिनूस् ः नेता करण

पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले… पुरा पढौ

माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

पोखरा, २१ बैशाख । कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार,… पुरा पढौ

गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा

पोखरा, २१ वैशाख ।गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् ।पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि… पुरा पढौ

महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

पोखरा, २१ वैशाख ।पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित… पुरा पढौ

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

पोखरा, २१ बैशाख । कास्कीको रुपा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा मंगलबार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा २ स्थित थुम्की पुग्यो । थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली काँग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । थुम्कीका दलित वस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक काँग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको
तयारीमा गण्डकी प्रदेश सरकार

पोखरा, २१ वैशाख । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् ।मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा… पुरा पढौ

टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

विष्णु प्रसाद भुषाल । पोखरा, १९ वैशाख । ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ ।साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता थियो ।कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि तीनवटै तहका सरकारको सहयोगी भूमिका अपरिहार्य भएको बताउनुभयो । कोरोना प्रभावित पर्यटन व्यवसायमा कर्जा सहयोग लगायतका विषयमा बैङ्किग क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश

पोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८… पुरा पढौ