समाचार

ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा आक्रमण गरेको अमेरिकाको दावी

पोखरा । ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा हवाई आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ईरानको फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा सफल आक्रमण भएको उल्लेख गरेका छन् ।‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले भनेका छन् ।उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् ।… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, ३ असार । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् ।होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने… पुरा पढौ

युुरोपेली देशहरु अमेरिकाको काखे कुकुर वने – रुसी पुर्व राष्ट्रपती मेदभेदेव

पोखरा,३असार । रुसले युरोपेली देशहरुलाई अमेरिकाको काखे कुकुरको संज्ञा दिएको छ । जी ७ देशहरुको शिखर सम्मेलन चलिरहेकै वेला रुसी पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले युरोपबाट सहभागी ‘म्याक्रोन नेतृत्व’का देशहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका काखे कुकुर भन्दै युरोपेली देशहरुको कठोर आलोचना गरेका छन् । मेदभेदेवे अहिले रुसी राष्ट्रपति पुटिन अध्यक्ष भएको रुसी सुरक्षा परिषदका उपप्रमुख समेत हुन् । मेदभेदेवले रुसलाई गालि गर्ने, रुसमा थप नाकाबन्दी लगाउनेदेखि जी ८ बाट रुसलाई आउट गरेर जी ७ बनाएकोमा ट्रम्पले गालि गरेको भन्दै यूरोपेली देशहरु फ्रान्स,… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

पोखरा । शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र… पुरा पढौ

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने… पुरा पढौ

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा २८, जेठ । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् ।पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९… पुरा पढौ

ललितकलाकर्मिहरुको कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पदमा प्रतिनिधित्व गर्न माग

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पद सहित समावेशी प्रतिनिधित्वको ललितकलाकर्मि कलाकारहरुको माग गरेका छन् ।बि। स। २०७७ मा गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन हुँदा एक जना पनि ललितकलाकर्मीलाई समावेश नगरेर गण्डकी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरी अत्याचार गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको थियो। यो अस्वीकार्य कार्यको घोर भत्र्सना बिज्ञप्ति मार्फत गरेका छन् ।गण्डकी प्रदेश सरकारले यस गम्भीर त्रुटिलाई सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र… पुरा पढौ

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् । धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।… पुरा पढौ

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार… पुरा पढौ