समाचार

साविक लेखनाथको विकासका लागि लेखनाथ पत्रकार मञ्चले थाल्यो विकास वहस

पोखरा, २३ जेठ । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौतिर सम्भावनावारे बोलेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल… पुरा पढौ

पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा, २३ जेठ । पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा… पुरा पढौ

कोटीहोममा भोलि शनिवार २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ २२ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट… पुरा पढौ

विद्यालय सुधारका लागी अभिभावक सचेतना कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयले अभिभावक भेला आयोजना गरी विद्यालय सुधारका लागी अभिभावक सचेतना सम्वन्धी छलफल चलाएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन… पुरा पढौ

पुर्व प्रधानमन्त्री माधव नेपाल माथी भ्रष्टचार मुद्धा दायर, १८ करोड ५३ लाख विगो दावी, आफ्नो राजनीति सिध्याउन प्रधानमन्त्री वली लागेको नेपालको प्रतिक्रिया

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस अघि ललिता निवास प्रकरणमा मन्त्रीपरिषदको निर्णय अख्तीयारको दायरामा नपर्ने भन्दै उन्मुक्ति पाएका नेपाललाई यस पटक भने अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपाल सहित ९३ जना सँग १८ करोड ५८ लाख रुपया विगो दावी गरेको छ । यो सँगै नेपालको सांसदपद निलम्वनमा परेको छ ।पतञ्जलि योगपीठले जडीबुटी खेती र… पुरा पढौ

विद्यार्थी चढेको वसमा ढुङ्गाहानी भाग्ने ३ जना पक्राउ

पोखरा, विद्यार्थी लिएर पोखरावाट काठमाण्डौ जाँदै गरेको वसमा ढुंगामुढा गने ५ जना मध्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा भ्रमण गरेर फर्कदै गर्दा बा १ प ९१६ नं को विद्यार्थी वोकेको वसलाई यही जेठ १९ गते पोखरा १४ चाउथेमा ढुगा प्रहार गरेका थिए । उक्त वस ललितपुरको वालकुमारी स्थित नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीको भएको खुलेको छ । पक्राउ पर्नेमा बसको सिसामा हानेको ढुङ्गा लागेर ५ जना विद्यार्थी सामान्य घाईते भएका थिए । चितवनको राप्ती नगरपालिका १ घर… पुरा पढौ

वाई सर्भिस क्लबको बैंकिङ साक्षरता प्रशिक्षण

पोखरा । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा ग्लोबल आइ एमई बैंकको सहकार्यमा सोमबार विद्यार्थीहरुलाई बैकिङ साक्षरता प्रशिक्षण सम्पन्न भयो ।अन्तराष्ट्रिय सामाजिक संस्था वाईज मेन इन्टरनेशनल अन्तरगत रहेको क्लबले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गरिरहेको कार्यक्रमका प्रमुख अतिथि वाइज मेन इन्टरनेशनल नेपाल डिस्ट्रीक्टका गभर्नर अरुण रानाभाटले वताए ।पोखरा ६ स्थित गण्डकी एकेडेमी कास्कीका कक्षा ९ र १० का विद्यार्थीहरुलाई क्लबका सदस्य तथा ग्लोबल आइएमई बैंकका कर्मचारी सुजन तिवारीले मोवाईल बैंकिङ तथा बैंकको महत्वको बारेमा प्रशिक्षण दिएका थिए… पुरा पढौ

राईड सेयरिङ नियमावली खारेजी होईन, संसोधन हुन सक्छ – गण्डकी प्रदेश सरकार

पोखरा, १८ जेठ । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली संसोधन गरेर यातायात वयवसायीका मागलाई संवोधन गर्न सकिने जनाएको छ । गण्डकी प्रदेश सरकारले आईतवार भौतीक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेरमन्त्रालयको खारेज नहुने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न… पुरा पढौ

पोखरामा देवेन्द्र केसी ‘देवुु’ गजल साँझ सम्पन्न

पोखरा, १८ जेठ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ ।पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुुभएको हो ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी‘देवु’का सातवटा गजल वाचन गरिएको थियो ।मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत… पुरा पढौ