पोखरामा देवेन्द्र केसी ‘देवुु’ गजल साँझ सम्पन्न

-


     गण्डकी बहस     
     जेठ १९ गते २०८२ मा प्रकाशित


पोखरा, १८ जेठ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ ।
पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुुभएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी‘देवु’का सातवटा गजल वाचन गरिएको थियो ।
मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो ।
उल्लेखित सात गजल मध्ये एक गजलमा..
“अहो क्या छ बान्की तिमी पोखराकी ।
भनुँ रुप खानी तिमी पोखराकी ।।
मनोहर छ आभा फिंजाएर झाँकी ।
भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।”
भनिएको छ ।
त्यस्तै अर्को गजलमा …….
“चलेको छ ज्यादै घमासान युुद्ध
कलि काल लाग्यो कि देखिन्न बुुद्ध ।।”, उल्लेख छ ।