समाचार

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

पोखरा, ४ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय… पुरा पढौ

जेनेसिस भिल्ला उद्घाटन समारोहमै दुई भिल्ला बुकिङ

पोखरा, ४, जेठ । जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो ।परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले… पुरा पढौ

शनिवार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुदै

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिवार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ ।३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो ।हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन ।मदन भण्डारी… पुरा पढौ

माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ

पोखरा, काठमाण्डौको वनस्थलिस्थत विश्वकर्मा वावा वर्कसप तथा चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ परेका छन ्। पक्राउ पर्नेमास्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनी काठमाडौँको वनस्थलीमा वस्दै आएका थिए ।बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा पार्किङ गरि राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको ईलेक्ट्रोनिक माइक्रोबस चोरी गरी चलाएर भाग्दै गर्दा प्रहरीले धादीङवाट गाडी सहित थापालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता एसपी अपील राज… पुरा पढौ

टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने

टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नरहेको बीबीसीले जनाएको छ ।रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्नेबारे आजदेखि शान्ति वार्ता शुरू हुँदै छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आह्वान गरेका थिए ।वार्ताबारे रुसले जारी गरेको वक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।यसअघि जेलेन्स्कीले रूसी राष्ट्रपतिले सहमति जनाएमा उनी वार्तामा सहभागी… पुरा पढौ

मरेको खसी काटेर वेचविखन गर्न खोज्ने दुई जना पक्राउ

पोखरा , ३१ वैशाख । मरेको खसी काटेर वेचविखन गर्ने दुइृ जनालाई प्रहरीले पक्राउ गरी कालो बजार तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा मुद्धा दायर गरेको छ । वैशाख २९ गते दिउसो पोखरा महानगरपालिका वडा नं १४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा. लि.मा मरेको खसी काट्ेर वेचविखन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला ईच्छा मनकामना गा.पा .६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ स्थित मोडेल… पुरा पढौ

नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

पोखरा । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड… पुरा पढौ

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक र प्रयोगात्मक… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमाभव्य रूपमा मनाइदै

पोखरा, २८ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ।महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस… पुरा पढौ