समाचार

धर्म विना राजनीति हुदैन – राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा १६ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण पश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

बुमर्याङ रेष्टुरेष्ट सहित विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

वैशाख १६, पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन… पुरा पढौ

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा… पुरा पढौ

स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु

पोखरा । जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ ।‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित हरेक वर्षको चैत्र पुर्णिमादेखि पञ्चमी ९वैशाख ५ गते० सम्म हुँदै आएको ऐतिहासिक मेला शनिबारदेखि सुरु भएको हो ।उक्त मेलाको उद्घाटन प्रमुख अतिथिसमेत रहेका बबता सेन ठकुरीले गरे ।सो अबसरमा बोल्दै समाजसेवी ठकुरीले ग्रामिण तथा खेल पर्यटनको विकास गर्न उक्त मेलाले सघाउ पुर्याउने धारणा राखे ।उनले काल्खुगाउँ तथा आसपासको विकासका लागि ऐतिहासिक मेलालाई निरन्तरता दिनुपर्नेमा… पुरा पढौ

नयाँ वर्ष २०८२ मा मुलुकले निकास पाँउछ – प्रचण्ड

काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकले निकास पाउने वताएका छन् । ‘परिस्थिति निकै गम्भीर र पेचिलो बनेका छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने लाग्छ’, प्रचण्डले भने ‘शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू सवै जना सडकमै रहेकाले २०८१ साललाई चौतर्फी असन्तुष्टी र आक्रोषको वर्ष वन्यो ।उनले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवद्र्धक नरहेको भनी टिप्पणी गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको… पुरा पढौ

फरार रहेका दुर्गा प्रसाईलाई पक्राउ पछि काठमाण्डौ ल्याईयो , संगठित अपराधसम्बन्धी कसूरमा मुद्धा चलाउने तयारी

पोखरा, २९ चैत । चैत्र १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि फरार रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले झापाको भद्रपुरवाट पक्राउ गरी काठमाण्डौ ल्याएको छ ।प्रसाई र खड्का दुवैजनालाई हिंसात्मक प्रदर्शन गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा मुद्धा चलाउने तयारी भईरहेकोे प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारीका साथ प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ… पुरा पढौ

दस बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन गर्ने

पोखरा, २९ चैत । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुदै छ ।कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन ।पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन… पुरा पढौ

परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताउनुभएको छ । उहाँले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताउनुभयो । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक… पुरा पढौ

गुणस्तरीय शिक्षाका लागी तीन तहका सरकारको समन्वय आवश्यक – शिक्षा मन्त्री भट्टराई

पोखरा । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा एक परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “संविधानले अधिकार तोकेको छ, संघियताका तीनओटै तहका विशिष्टिकृत अधिकार छन्, तर सँगसँगै मिलेर गर्न सकिने काम पनि छन्। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि तीन तहको सरकारबीच सहकार्य… पुरा पढौ

व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं। ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा… पुरा पढौ