
पोखरा, काठमाण्डौको वनस्थलिस्थत विश्वकर्मा वावा वर्कसप तथा चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ परेका छन ्। पक्राउ पर्नेमा
स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनी काठमाडौँको वनस्थलीमा वस्दै आएका थिए ।
बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा पार्किङ गरि राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको ईलेक्ट्रोनिक माइक्रोबस चोरी गरी चलाएर भाग्दै गर्दा प्रहरीले धादीङवाट गाडी सहित थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता एसपी अपील राज बोहराका अनुसार गएको चैत २९ गते बिहान साढे ४ बजेतिर थापाले पार्कीङस्थलवाट गाडी लिएर भागेका थिए । पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







