समाचार

सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, वर्ष उत्कृष्ट खेलाडीको उपाधी करण र सावित्रालाई

पोखरा २३ बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै… पुरा पढौ

व्यवसायी पलायन भएकोप्रति पोउवा संघको ध्यानाकर्षण, घरभाडामा छुट दिन आग्रह

पोखरा,२१ वैशाख । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि… पुरा पढौ

रास्वपा अध्यक्ष लामिछानेका चालकको उपचारका क्रममा मृत्यु

पोखरा, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मंगलवार मृत्यु भएको छ ।घरको छतबाट खसेर घाइते भएका चालक थापाको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान करिव पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । भरतपुरमा उपचार सुरु गरेका उनलाई थप उपचारको लागी काठमाण्र्डौको मेडिसिटी अस्पतालमा लगिएको थियो ।घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए।… पुरा पढौ

राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने

पोखरा, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको सम्पुर्ण खर्च आफैँ बेहोर्ने भएका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे सर्वत्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेषविज्ञप्तिमा उल्लेख छ ।राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।राष्ट्रपति पौडेल ११ दिन… पुरा पढौ

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

पोखरा १९ वैशाख । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताए । निशुल्क रुपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद… पुरा पढौ

प्रदेश १ को पुन नामकरणको आन्दोलनप्रती पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुको ऐक्यवद्धता

पोखरा, १७ वैशाख । प्रदेश सभाले प्रदेश नं १ को नाम कोशि प्रदेश राखेपछि त्यहाको आदिवासी जनसमुदाय, नागरिक समाज, र विभिन्न सामाजिक संघ सस्थाले गरेको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।यसरी ऐक्यवद्धता जनाउनेमा विभिन्न १७ वटा संघ ससथाहरु आवद्ध रहेको नेपाल आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की, किराँत सेवा समाज कास्की, नेपाल तामाङ घेदुङ कास्की, नेपाल आदिवासी जनजाती महासंघ कास्की, नेपाल कुमाल समाज सुधार… पुरा पढौ

उपनिर्वाचनमा ६० प्रतिशत मतदान, आज राती देखी नै मतगणना सुरु गरिने ः निर्वाचन आयोग

पोखरा ,१० वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भीक जानकारी दिएको छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको हो । उनले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको जानकारी दिए ।४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा, ९ वैशाख । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमालेका २२ र राप्रपाका २ गरी २४ मत मात्र पाए । गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका… पुरा पढौ

अन्योलमा गण्डकीका मुख्यमन्त्री अधिकारी – विश्वासको मत लिने की राजीनामा दिने ?

पोखरा ७ वैशाख । सत्ता साँझेदार नेकपा माओवादी केन्द्र सरकारवाँट वाहिरिदै आफ्नो समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार यतीवेला धरमराएको छ । सरकार गठनको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री खगराज अधिकारीमा पुनः विश्वासको मत लिने कि राजीनामा दिने भन्ने अन्योलता देखिन्छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते माओवादी केन्द्र र राप्रपा सम्मिलित सरकार बनेको थियो । राष्ट्रपति निर्वाचनका वेला केन्द्रीय सत्ता समिकरणमा फेरवदल आएपछि चैत १० गते माओवादीले आफ्नो समर्थन फिर्ता लिएको थियो । समर्थन… पुरा पढौ

आमा भनेकै आमा हुन’ वोलको गीत लोकार्पण

पोखरा ६ बैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई… पुरा पढौ