शनिवार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुदै

-


     गण्डकी बहस     
     जेठ ३ गते २०८२ मा प्रकाशित


पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिवार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ ।
३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो ।
हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखिनै खेलकुदका गतिविधी संगै सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको एकेडेमीका केन्द्रीय अध्यक्ष धुर्ब आचार्यले बताए ।