समाचार

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन

पोखरा, २१ असार । गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्य देव प्रजु सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न सातौ वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यष शिक्षामा संझना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिति श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिबमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा अनमोल बज्रचार्य र सर्जन आर्मसमा डा. मुकेश मल्लीक चयन भए ।क्लबका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रकाशदेव पालिखेले सस्था स्थापना गर्दा र सस्थाले गर्नु पर्ने कामका बारेमा जानकारी दिए । उनले सस्थाले व्यक्तिको नेतृत्व विकासमा… पुरा पढौ

माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

पोखरा, १८ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ लायन्स क्लब अफ पोखर्रााको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् ।लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख ८०… पुरा पढौ

बालश्रमविरुद्ध साझा अभियान आवश्यक

पोखरा,१६ असार । तीनवटै तहका सरकार,समाज र सामाजिक संघ÷संस्थाहरुको सामूहिक प्रयासलले मात्र सहरी क्षेत्रमा हुने निकृष्ट प्रकारको बालश्रम रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।श्रम क्षेत्रमा रहेका बालबालिकाहरुको पुनस्र्थापना,पारिवारिक पुनर्मिलन तथा अनौपचारिक÷औपचारिक शिक्षाका कार्यक्रमहरु पनि सँगसँगै संचालनमा ल्याउनुपर्नेमा पनि उनीहरु एकमत देखिएका छन् ।पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले संचालनमा ल्याएका कार्यक्रमहरुको सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि, बालश्रमविरुद्धको अभियन्ता तथा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका अध्यक्ष प्रा।डा।कृष्णकुमार श्रेष्ठले बालबालिकाहरुलाई श्रममा नलगाउने वातावरण बनाउन र… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा, अस्पताललाई आत्मनिर्भर बनाईने

पोखरा, १६असार । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ।सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभयो।मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो।उहाँले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन… पुरा पढौ

बजेट निर्माणमा आफ्नो पालिकामा अस्वभाविक वजेट पारेको अभियोगमा अर्थ सचिव पाण्डे जगेडामा सरुवा

पोखरा, १६ असार । मन्त्री, सांसद भन्दा कर्मचारी हावी भएको भन्दै सांसदहरुले प्रदेश सभामा आपत्ति जनाएपछि गण्डकीमा एक कर्मचारी कार्वाहीमा परेका छन् ।मन्त्रालयको सिफारिस विनानै वजेट निर्माणका क्रममा आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले योजना समावेस गरेको र नीतिगत प्रक्रिया उल्ल्ंघन गरेको आरोप लगाउदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थ सचिव पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी वाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालय अन्तर्गत जगेडामा सरुवा गरेका छन् ।तनहुँको भानु नगरपालिका घर भएका अर्थ सचिव पाण्डेले आफ्नै पालिका र… पुरा पढौ

शिसुवा अस्पतालको को अध्यक्षमा गिरीको मनोनयन

लेखनाथ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ ।गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो ।अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको छ ।यसैगरी मेयर… पुरा पढौ

पोखरा महानगरपालिका द्वारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेक् छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको यो वजेट े चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको थियो । मेयर धनराज आचार्यले आगाम िआ।वको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै उपमेयर… पुरा पढौ

ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा आक्रमण गरेको अमेरिकाको दावी

पोखरा । ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा हवाई आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ईरानको फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा सफल आक्रमण भएको उल्लेख गरेका छन् ।‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले भनेका छन् ।उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् ।… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, ३ असार । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् ।होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने… पुरा पढौ