पोखरा, ५ साउन । पोखरा महानगरपालिका वडा नं। ५ मालेपाटन स्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता
भण्डारीको कोठाभित्र दराजमा राखिएको नगद रु १२ लाख ३० हजार चोरी गरेको अभियोगमा वैदाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाँउपालिका वडा नं९ स्थायी घर भएका वर्ष २३ का ओम बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
अभियुक्त भुजेललाई पोखरा महानगरपालिका वडा नं ६ डिकोपाटन वाट नगद रु नौ लाख सन्तानब्बे हजार पाँच सय रुपैँया र २ थान मोवाईल वरामद गरेको छ । नीजलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दश दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ ।







