प्रहरी चेकजाँचमा करिव ३ किलो गाँजा वरामद

-


     गण्डकी बहस     
     श्रावण ९ गते २०८२ मा प्रकाशित


पोखरा, ८ साउन । प्रहरीले लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको छ । यही साउन ६ गते
पोखरा महानगरपालिका वडा नं।३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरीले सवारी साधन चेकजाँच गर्दा वेचविखनका लागि झोलामा लुकाएर ल्याईएको करिव तिन किलो परिणामको गाँजा वरामद गरेको हो ।
गोरखावाट पोखरातर्फ गाँजा ओसारपसार गर्दै गर्दा ग ६प १६३० नं। को मोटरसाईकल चालक गोरखा अजिरकोट गा।पा। वडा नं।३ बस्ने बर्ष २५ को प्रकाश गुरुङलाई प्रहरीले निन्त्रणमा लिएको छ । निज गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।