काँहुँ खोलाका वाढी आयो, वस्ती जोखिममा

-


     गण्डकी बहस     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


पोखरा ४ साउन । लगातारको अविरल वर्षपछि पोखरा १३ काँहुँखोलामा आएको वाढीले खोला किनारका वस्ती उच्च जोखिममा परेका छन् । वाढी मानव वस्तीमा पसेपछि त्यहा रहेका घर टहराहरु डुवानमा परेका छन् । काँहुँ खोलामा आएको वाढी ढल्केपुल वरपरका वस्तीमा पसेको थियो ।
वाढीवाट मानवीय क्षती नभएपनि ठुलो मात्रामा भौतीक क्षती हुन पुगेको छ । वर्षाका कारण खोलामा पानीको सतह वढेपछि स्थानीयवासि त्रसित भएका छन । क्षती न्युनिकरणका लागि वाढीप्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास स्थानीय सरकारले गरिरहेको छ ।
बाढीका कारण कतिपय ठाउमा सडक तथा ढल निकास प्रणाली पनि अवरुद्ध भएको छ । बाढीले पोखरा वडा नम्बर १६ र २० का विभिन्न भागमा पनि क्षति पुगेको छ । वर्षका कारण पोखराको सेती नदी, हर्पन खोला , विजयपुर खोला लगाएतमा पानीको वहाव वढेको छ । गएराती कास्कीको लुम्ले र याङजाकोटमा भारीमात्रामा वर्ष भएको जल तथा मोसम पुर्वानुमान महाशाखाले जनाएको छ ।