पोखरा । जिम्मेवार चालक ‘म’ जिम्मेवार यात्री ‘हामी’, सुरक्षीत सडक र सवारी हामी सवैको जिम्मेवारी” भन्ने मुलनाराका साथ गण्डकी प्रदेशव्यापी सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रवर्द्धन कार्यक्रम सुभारम्भ भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षती कम गर्ने, विभिन्न सरकारी संयन्त्र, सरोकारवाला निकायविच सहयोग समन्वय तथा सहकार्य प्रवर्दन गर्ने, यातायात व्यवस्था सम्बन्धी ऐन नियमहरुको कार्यान्वयन र प्रभावकारीता सुदृढ बनाउने, सामुदायिक संघ संस्था विद्यालय, नागरिक समाज, संचार क्षेत्र लागायतको सहभागिता अभिवृद्धि गर्ने जस्ता उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरीले प्रदेशका सबै जिल्लाहरुमा सञ्चालन गर्ने गरी ट्राफिक सप्ताह कार्यक्रम समुद्घाटन गरेको हो ।
गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौंडा कास्कीको आयोजनामा विविध कार्यक्रमहरु सहित सञ्चालन गर्न लागिएको उक्त सप्ताहिक जनचेतनामुलक कार्यक्रमको गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पानसमा दिप प्रज्वलन तथा बिद्यार्थीलाई हेल्मेट लगाउन सिकाई समुद्घाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यको अध्यक्षता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रुपा गाउपालिका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउपालिका अध्यक्ष मिन बहादुर गुरुङ र अन्नपुर्ण गाउपालिका अध्यक्ष बिष्णु बहादुर के।सीको बिशेष आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमकै अवसरमा प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको छ । तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले(कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सचेतनामुलक नाटक समेत प्रदर्शन गरीएको उक्त उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पाण्डेले सडक र सवारी दुर्घटना रोक्न गण्डकी प्रदेश प्रहरीले गरेका कार्यक्रमहरुले उल्लेख्य भुमिका निर्वाह गरेको र थप प्रभावकारीताको लागि सवैको साथ आवाश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य साथै नेपाल यातायात व्याबसायी राष्ट्रीय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले कार्यक्रम सफलताको शुभकाना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौंडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नुहुदै सडक दुर्घटना सम्बन्धी विश्वव्यापी, राष्ट्रिय र गण्डकी प्रदेश स्तरीय तथ्याङ्कहरु प्रस्तुतीकरण गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले प्रहरी नागरिकको सुरक्षामा सदैव तत्पर रहेको र सवारी दुर्घटना न्युनिकरणका लागी एकजुटभई लागीपर्नु पर्ने बताउदै उपस्थित सम्पुर्णमा आभार प्रकट गर्नुभएको थियो ।
ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रममा चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सडकमै सवारी प्रयोगकर्तालाई प्रशीक्षण, ग्रामिण यातायात लक्षीत कार्यक्रम, स्टिकर टाँस, ट्राफिक प्रहरी लाई चस्मा वितरण र सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने तालिका रहेको छ ।
कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।







