पोखरा, ३१ वैशाख । यही वैशाख १५ गतेको नियमित खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका बालबालिकालाई आज देशभर एकैसाथ खोप लगाईँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन सवैमा आग्रह गरेको छ ।
कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालिएको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । खोप छुटेका वालवालिकाको संख्या वढ्दैजादा दादुरा रुवेला जस्ता महामारीसमेत देखापरेकाले बालबालिका छुटेको खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।