गण्डकी प्रदेश स्तरिय ट्राफिक सप्ताहको चौथो दिन आज सवारी नियम अनुगमनगरी मनाईयो

-


     गण्डकी बहस     
     वैशाख २८ गते २०८० मा प्रकाशित


पोखरा, २८ वैशाख । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालन भईरहेको ट्राफिक सप्ताहको आज चौथो दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गरी सवारी नियम अनुगमन गरेको छ । सप्ताह अन्तर्गत गरिएका सचेतनामूलक कार्यक्रम वाट हालसम्म दुई लाख ४८ हजार भन्दा वढी लाभान्वीत भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
सप्ताहको तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रमहरु संचालन गर्नुका साथै ग्रामिण सडकहरुमा चल्ने गाडीहरुमा सिट क्षमता भन्दा बढी यात्रु अनुगमन, बढि भाडादर अनुगमन, साईकलमा टल्किने स्टिकर जाँच, आरक्षण सिट कार्यान्वयन अनुगमन गरीएको थियो ।
गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने भएको छ ।