मोटरसाईकल दुर्घटनामा सफलको मृत्यु, संगम गंभिर घाईते

-


     गण्डकी बहस     
     जेठ ९ गते २०८० मा प्रकाशित


पोखरा, ९ जेठ । मंगलवार राती करिव १ वजे मोटरसाईकल दुर्घटनामा परेका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाईकल चालक तनहु जिल्ला म्याग्दे गाउपालिका वडा नं ४ थर्पु वस्ने १७ वर्षीय संगम वानियाको टाउकोमा गंभिर चोट लागेको छ भने मोटरसाईकलको पछाडी सवार गर्ने काठमाण्डौको कपन घर भएका खतिवडाको निधन भएको हो ।
रातको समयमा पोखरा महानगरपालिका वडा नं ६ खहरेचोक स्थित हलल्नचोकबाट गैह्राको चौतारा तर्फ जादै गरेको ग २४ प ३१० नं. को माटरसाईकल आफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटना पश्चात वडा व्रहरी कार्यालय वैदामवाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारका लागी मेट्रोसिटी अस्पताल लगेको थियो ।