समाचार

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

पोखरा १९ वैशाख । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताए । निशुल्क रुपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद… पुरा पढौ

प्रदेश १ को पुन नामकरणको आन्दोलनप्रती पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुको ऐक्यवद्धता

पोखरा, १७ वैशाख । प्रदेश सभाले प्रदेश नं १ को नाम कोशि प्रदेश राखेपछि त्यहाको आदिवासी जनसमुदाय, नागरिक समाज, र विभिन्न सामाजिक संघ सस्थाले गरेको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न १३ वटा संघ सस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।यसरी ऐक्यवद्धता जनाउनेमा विभिन्न १७ वटा संघ ससथाहरु आवद्ध रहेको नेपाल आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की, किराँत सेवा समाज कास्की, नेपाल तामाङ घेदुङ कास्की, नेपाल आदिवासी जनजाती महासंघ कास्की, नेपाल कुमाल समाज सुधार… पुरा पढौ

उपनिर्वाचनमा ६० प्रतिशत मतदान, आज राती देखी नै मतगणना सुरु गरिने ः निर्वाचन आयोग

पोखरा ,१० वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भीक जानकारी दिएको छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको हो । उनले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको जानकारी दिए ।४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा, ९ वैशाख । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमालेका २२ र राप्रपाका २ गरी २४ मत मात्र पाए । गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका… पुरा पढौ

अन्योलमा गण्डकीका मुख्यमन्त्री अधिकारी – विश्वासको मत लिने की राजीनामा दिने ?

पोखरा ७ वैशाख । सत्ता साँझेदार नेकपा माओवादी केन्द्र सरकारवाँट वाहिरिदै आफ्नो समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार यतीवेला धरमराएको छ । सरकार गठनको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री खगराज अधिकारीमा पुनः विश्वासको मत लिने कि राजीनामा दिने भन्ने अन्योलता देखिन्छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते माओवादी केन्द्र र राप्रपा सम्मिलित सरकार बनेको थियो । राष्ट्रपति निर्वाचनका वेला केन्द्रीय सत्ता समिकरणमा फेरवदल आएपछि चैत १० गते माओवादीले आफ्नो समर्थन फिर्ता लिएको थियो । समर्थन… पुरा पढौ

आमा भनेकै आमा हुन’ वोलको गीत लोकार्पण

पोखरा ६ बैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई… पुरा पढौ

पोखराको बजारमा बेन्को एस.वान.मोबाइल

पोखरा ६, वैशाख । पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस.वान. भित्रिएको छ । पोखराका लागि आधिकारीक बिक्रेताको रुपमा रहेको एम.टि.एस. टे«डर्सले पोखरा बजारमा उक्त मोबाइल भित्राएको हो ।हाल बजारमा दुई प्रकारका बेन्को एस.वान.मोबाइल उपलब्ध भएको एम.टि.एस. टे«डर्सका प्रोपाइटर एवं युवा व्यवसायी तारानाथ आचार्यले बताए । ४ जिबी ¥याम १२८ जिबी जसको बजार मुल्य १३ हजार ९ सय ९९ रहेको छ भने ६ जिबी ¥याम १२८ जिबी स्टोरेजमा रहेको मोबाइलको मुल्य भने १५ हजार ९ सय ९९ रहेको उनले जनाए ।… पुरा पढौ

आन्तरिक मामिला तथा कानूनमन्त्री गाहामगरले गरे पुल र खानेपानीको उद्घाटन

नवलपुर, ६ बैशाख । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गर्नुभएको छ ।गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गर्नुभएको हो ।सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गर्नुभयो ।उहाँले चुहार गाउँमा… पुरा पढौ

तामाङ मातृभाषा र मौलिक बाजा संरक्षणका लागी प्रशिक्षण

पोखरा, ४ वैशाख । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरें । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको… पुरा पढौ

पोखराको शिवशक्ति माविमा विद्यार्थी र अभिभावकको आकर्षण वढाउन आचारसंहिता जारी

पोखरा ४ बैशाख । पोखरा महानगरमा रहेको एक सरकारी विद्यालयले शैक्षिक अवस्था सुधार गर्न आचार संहिता नै जारी गरेको छ । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको हो । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास विद्यालयले गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा… पुरा पढौ